Kathmandu Press

काेभिड–१९ भ्याक्सिनकाे नेपाल यात्रा

कोरोना भाइरसविरुद्धको १० लाख मात्राको खोप नेपाल आइपुगेको छ । नेपाल सरकारलाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको  खोप आज अपराह्न एअर इन्डियाबाट ल्याइएको हो ।
काेभिड–१९ भ्याक्सिनकाे नेपाल यात्रा
Hardik ivfHardik ivf

कोरोना भाइरसविरुद्धको १० लाख मात्राको खोप नेपाल आइपुगेको छ । नेपाल सरकारलाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको  खोप आज अपराह्न एअर इन्डियाबाट ल्याइएको हो ।    नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले  ‘कोभिसिल्ड’ नामक उक्त खोपको मात्रा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरेका थिए ।  कोभिसिल्ड खोपको  नेपाल यात्राका केही झलक :

नेपाललाई भारत सरकारले अनुुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप बिहीबार त्रिभुुवन अन्तरराष्ट्रिय विमानस्थलमा ।

 

भारतबाट नेपाललाई अनुदानमा उपलब्ध गराइएको कोरोनाविरुद्धको खोप बिहीबार त्रिभुुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी ।

 

भारतबाट नेपाललाई अनुदानमा उपलब्ध कोरोनाविरुद्धको खोप त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा । 

 

प्रधानमन्त्री केपी शर्मा ओली नेपाललाई भारत सरकारले अनुुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिर : रासस

 

प्रकाशित मिति: १७:१६ बजे, बिहीबार, माघ ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्