Kathmandu Press

डा. प्रकाशशरण महतको आरोप– सरकार जनताप्रति प्रतिबद्ध भएन

नेपालको इतिहासमा यतिको संस्थागत भ्रष्टाचार कहिल्यै भएको थिएन ।  दायाँ–बायाँ, तल–माथि भ्रष्टाचार भएको छ ।  भ्रष्टाचारको निगरानी गर्नुपर्ने संस्थालाई छायामा पारिएको छ ।
डा. प्रकाशशरण महतको आरोप– सरकार जनताप्रति प्रतिबद्ध भएन

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कम्युनिस्ट सरकार जनताप्रति प्रतिबद्ध नभएको आरोप लगाएका छन् । उनले संसद् विघटनविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–४ समितिद्वारा आयोजित विरोध सभालाई सम्बोधन गर्दै कम्युनिस्ट सरकार सत्ताको लडाइँमा केन्द्रित भएर जनताप्रति प्रतिबद्ध हुन नसकेको आरोप लगाएका हुन् । 

सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पूरा गर्न नसकेको दाबी गर्दै उनले कम्युनिष्ट सरकार सत्ताको लडाइँमा होमिएको बताए ।  उनले भने, ‘कम्युनिस्ट सरकार जनताप्रति प्रतिबद्ध छैन ।  समृद नेपाल सुखी नेपालीको नारा पूरा गर्न सकेन । नेकपाभित्रको विवादको मूल उद्देश्य सत्ता हो । तीन वर्ष सत्ताकै लडाइँमा बित्यो ।’

महतले सरकारले भ्रष्टाचारलाई प्रश्रयसमेत दिएको दाबी गरे । उनले भने, ‘भ्रष्टाचारले सीमा नाघ्यो । अर्बौभन्दा तल आँखै लाग्दैन । नेपालको इतिहासमा यतिको संस्थागत भ्रष्टाचार कहिल्यै भएको थिएन ।  दायाँ–बायाँ, तल–माथि भ्रष्टाचार भएको छ ।  भ्रष्टाचारको निगरानी गर्नुपर्ने संस्थालाई छायामा पारिएको छ ।’

महतले प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले नेपाली कांग्रेसले देशैभरबाट विरोध गरेको बताए । उनले भने, ‘यो असंवैधानिक कदम हो । संविधानको मूल मर्ममाथिको प्रहार हो ।’

प्रकाशित मिति: १४:२२ बजे, बिहीबार, माघ ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्