Kathmandu Press

नेपालको एकदिवसीय मान्यता जोगाउने वाटमोरको प्रतिबद्धता

काठमाडौं, माघ ८ : नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त प्रशिक्षक नेपालको एकदिवसीय मन्यता जोगाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार आयोजनाको...
नेपालको एकदिवसीय मान्यता जोगाउने वाटमोरको प्रतिबद्धता
Hardik ivfHardik ivf

काठमाडौं, माघ ८ : नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त प्रशिक्षक नेपालको एकदिवसीय मन्यता जोगाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार आयोजनाको गरेको परिचयात्मका कार्यक्रममा बोल्दै प्रशिक्षक वाटमोरले नेपालको एकदिवसीय मान्यता जोगाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

खुला प्रतिस्पर्धाबाट गत महिना मुख्य प्रशिक्षकमा नियुक्त भएका वाटमोर केही दिनअघि मात्र नेपाल आएका थिए। आजैदेखि उनले नेपालको मुख्य प्रशिक्षकाका रुपमा औपचारिक जिम्मेवारी पनि सम्हालेका छन्। कार्यक्रममा बोल्दै वाटमोरले नेपाली टिमलाई सम्हाल्नु चुनौतिपूर्ण भएको बताउँदै चुनौती सामना गर्न तयार गरेको बताएका छन्। 

‘नेपालसँग अहिले एकदिवसीय मान्यता छ। वरियतामा सुधार गर्दै त्यसलाई जोगाउन सक्ने विश्वास लिएको छु,’ वाटमोरले भने, ‘यो एउटा च्यालेन्ज हो, जसले मलाई जहिल्यै उत्साहित बनाउँछ। नेपालको प्रशिक्षक बनेर आउँदा धेरै खुसी छु।’

सन् २०१८ मा नेपालले चार वर्षका लागि एकदिवसीय मान्यता पाएको थियो। नेपालको एकदिवसीय मान्यता सन् २०२२ मै सकिने भएपनि कोरोनाभाइरसले क्रिकेट प्रभावित भएपछि आईसिसीले एकदिवसीय मान्यता १ वर्षका लागि थप गरेको छ। 

कार्यक्रममा बोल्दै वाट्मोरले आफ्नो क्रिकेटको अनुभव नेपाली क्रिकेट विकासमा लगाउने बताए। प्रशिक्षकका रुपमा विश्वकप जितिसकेका वाटमोरले नेपाललाई विश्वकपमा पु¥याउन त्यति सजह नभएको उनले बताए। उनले निरन्तार प्रयास गर्ने हो भने त्यो असम्भव भने नभएको बताएका छन्। 

‘विश्वकपमा स्थान बनाउन निकै कठिन छ, किनभने सबैको चाहना विश्वकप खेल्ने हुन्छ,’ श्रीलंकन मुलका अस्ट्रेलियन प्रशिक्षक वाटमोरले भने, ‘विश्वकप खेल्ने स्तरमा पुग्न हामीले धेरै पक्षमा सुधार गर्नुपर्ने छ। तर, हाम्रो लक्ष्य त्यही स्तरमा पुग्ने हो। त्यसका लागि  प्रत्येक खेलमा केन्द्रित हुनेछौं र सबै मिलेर अघि बढ्छौं।’

वाटमोरले अष्ट्रेलियाबाट ७ टेष्ट, एक एकदिवसीय, २६ लिस्ट ए, १०८ फस्ट क्लास क्रिकेट खेलेका छन्। प्रशिक्षकका रुपमा उनले श्रीलंका, पाकिस्तान, बंगलादेशजस्तो टेस्ट मान्यता प्राप्त  देशलाई नेतृत्व दिइसकेका उनले भारतको यू–१९ टिम पनि हेरिसकेका छन्। 

वाटमोरकै नेतृत्वमा श्रीलंकाले सन् १९९६ मा विश्वकप जितेको थियो। यस्तै तत्कालिन उदाउँदो राष्ट्र बंगलादेशलाई वाटमोर पहिलो टेष्ट क्रिकेट जिताउन सफल भए । सन् २००३ देखि २००७ सम्म बंगलादेशको प्रशिक्षक बनेका उनले जिम्बाबेविरुद्ध सन् २००५ मा बंगलादेशले पहिलो टेष्ट जितेको थियो। उनकै प्रशिक्षणमा बंगलादेशले क्रिकेटका पावरहाउस अष्ट्रेलिया, दक्षिण अफ्रिका र भारतलाई समेत हराएको थियो।

प्रकाशित मिति: १३:५४ बजे, बिहीबार, माघ ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्