Kathmandu Press

स्वर्गद्वारीमा ‘स्वर्ग वाटिका’ निर्माण

प्युठानको धार्मिक तथा पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी परिसरमा फोहोरासहितको ‘स्वर्ग वाटिका’ निर्माण गरिएको छ ।
स्वर्गद्वारीमा ‘स्वर्ग वाटिका’ निर्माण

झिमरुक– प्युठानको धार्मिक तथा पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी परिसरमा फोहोरासहितको ‘स्वर्ग वाटिका’ निर्माण गरिएको छ । स्वर्गद्वारी नगरपालिका–२ स्थित स्वर्गद्वारीमा नेपाली सेनाको सामाजिक–आर्थिक विकासका पूर्वाधार कार्यक्रमअन्तर्गत सो बगैँचा निर्माण गरिएको हो ।     

इन्द्रध्वज गण खलङ्गा ब्यारेक र डिभिजन वन कार्यालय प्युठानको सहकार्यमा  वाटिका निर्माण गरिएको हो । इन्द्रध्वज गण प्युठानको अघिल्लो आर्थिक वर्ष २०७६/७७ को नेपाली सेना सामाजिक आर्थिक विकासका पूर्वाधार कार्यक्रमअन्तर्गत विनियोजित  २५ लाखमा सामग्री खरिद र सेनामार्फत संरचना निर्माण गरिएको हो ।

म्युजिकल वाटर फाउन्टेन, पैदल मार्ग, मूलद्वार, तारजाली, रेलिङलगायत संरचना निर्माण गरिएको इन्द्रध्वज गण खलङ्गा ब्यारेक प्युठानका गणपति प्रमुख सेनानी अर्जुनविक्रम थापाले बताए ।

गत साल मंसिर २० गते निर्माण सुरु भएको वाटिकाको निर्माण सम्पन्न केही समय पहिले भए पनि कोरोनाका कारण केही ढिला आश्रमलाई हस्तान्तरण गरिएको हो ।     

प्रकाशित मिति: १२:५४ बजे, बिहीबार, माघ ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्