Kathmandu Press

रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न कांग्रेसको माग  

नेपाली कांग्रेसले रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–९ का वडाध्यक्ष तारकबहादुर शाहीसहित पाँच जनामाथि भएको आक्रमणको भर्त्सना गर्दै दोषीलाई कारबाहीको माग गरेको छ ।    
रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न कांग्रेसको माग  

काठमाडौं–  नेपाली कांग्रेसले रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–९ का वडाध्यक्ष तारकबहादुर शाहीसहित पाँच जनामाथि भएको आक्रमणको भर्त्सना गर्दै दोषीलाई कारबाहीको माग गरेको छ ।     

मंगलबार इलाका प्रहरी कार्यालयमा छलफल भइरहेको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट वडा नं ८ का वडाध्यक्ष मानबहादुर चदारा, वडा नं ३ का वडाध्यक्ष केशरमान विकसहितको समूहले सुरक्षाकर्मीको अगाडि नै वडाध्यक्ष शाहीलगायतलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको कांग्रेसले जनाएको छ ।     

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्तिमार्फत घटनाको निन्दा र भर्त्सना गर्दै घटनामा संलग्न आक्रमणकारीलाई तत्काल कारबाही गर्न तथा घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् ।

भविष्यमा यस्ता घटना पुनः नदोहोर्‍याउन नेकपालाई कांग्रेसले चेतावनी दिँदै जिम्मेवार राजनीतिक दलका रुपमा प्रस्तुत हुनसमेत आग्रह गरेको छ । 

प्रकाशित मिति: १२:४४ बजे, बिहीबार, माघ ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्