Kathmandu Press

सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोहका एक सदस्य पक्राउ  

सामाजिक सञ्जालमार्फत  चिठा परेको भन्दै ठगी गर्ने गिरोहका एक सदस्य पक्राउ परेका छन् ।
सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोहका एक सदस्य पक्राउ  
Hardik ivfHardik ivf

बारा–  सामाजिक सञ्जालमार्फत  चिठा परेको भन्दै ठगी गर्ने गिरोहका एक सदस्य पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले  साे अभियाेगमा प्रसौनी गाउँपालिका–४ बंजरियाका २७ वर्षीय भोला महतोलाई मंगलबार पक्राउ गरेको छ । 

महतोले महागढीमाई नगरपालिका–३ बस्ने दीपेन्द्रप्रसाद जयसवाललाई २५ लाख रुपैयाँ बराबरको चिठ्ठा परेको छ र उक्त रकम प्राप्त गर्न अग्रिम १ लाख ७५ हजार रुपैयाँ जम्मा गर्न लगाएर ठगी गरेको पाइएको छ ।

महतोउपर ठगी मुद्दा शीर्षकमा जिल्ला अदालत बाराबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 
 

प्रकाशित मिति: १२:३२ बजे, बिहीबार, माघ ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्