Kathmandu Press

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका क्याम्पस प्रमुखको संयुक्त राजीनामा

वीरेन्द्रनगर, माघ ८ : सुर्खेतस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयका चार वटा क्याम्पस प्रमुख र दुई जना डाइरेक्टरले संयुक्त राजीनामा दिएका छन्।विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले क्याम्पस...
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका क्याम्पस प्रमुखको संयुक्त राजीनामा

वीरेन्द्रनगर, माघ ८ : सुर्खेतस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयका चार वटा क्याम्पस प्रमुख र दुई जना डाइरेक्टरले संयुक्त राजीनामा दिएका छन्।

विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले क्याम्पस प्रमुखमाथि राम्रो व्यवहार नगरेको भन्दै उनीहरुले राजीनामा दिएका हुन्। उपकुलपति क्याम्पस सञ्चालनमा हस्तक्षेप गरेको, बजेट निकासा नगरेको, प्राध्यापक नियुक्ती रोकेको उनीहरुको आरोप छ।

विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकाय केन्द्रीय क्याम्पस प्रमुख तेजबिक्रम बस्नेत, इन्जिनियरिङ संकायका क्याम्पस प्रमुख सोनालाल यादव, शिक्षा शास्त्र संकायका क्याम्पस प्रमुख जस्विर रोका, व्यवस्थापन संकायका क्याम्पस दिपकसिंह रावत, कानूनी संकायका डाइरेक्टर अर्जुनबहादुर एडी र मुसुम क्याम्पसका डाइरेक्टर डा. सुशील शाहीले राजीनामा दिएका हुन्।

केही दिनयता मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विवाद भइरहेको छ। उपकुलपतिको व्यवहारलाई लिएर विद्यार्थी पनि आन्दोलनमा उत्रिएका थिए।

प्रकाशित मिति: ११:४९ बजे, बिहीबार, माघ ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्