Kathmandu Press

कोरोना बिरुद्धको खोप आज काठमाडौं आइपुग्ने 

काठमाडौं, माघ ८ : छिमेकी मुलुक भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप आज काठमाडौं आइपुग्ने भएको छ ।आज बिहान ११ बजे एयर इन्डियाको...
कोरोना बिरुद्धको खोप आज काठमाडौं आइपुग्ने 
Hardik ivfHardik ivf

काठमाडौं, माघ ८ : छिमेकी मुलुक भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप आज काठमाडौं आइपुग्ने भएको छ ।

आज बिहान ११ बजे एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको पहिलो खोप काठमाडौं आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खोप काठमाडौं आइपुगेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाललाई खोप हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने छन् ।

खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ। भारतले बुधबार नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो ।

तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक तथा शव व्यवस्थापन गर्ने टोलीलाई खोप दिइने मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: ०७:५१ बजे, बिहीबार, माघ ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्