Kathmandu Press

म्यानचेष्टर युनाईटेड शिर्ष स्थानमा प्रिमियर लिगको शिर्ष स्थानमा 

म्यानचेष्टर युनाईटेड शिर्ष स्थानमा प्रिमियर लिगको शिर्ष स्थानमा 

काठमाडौं, माघ ८ : म्यान्चेस्टर युनाईटेड इंग्लीश प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा फर्किएको छ ।

गएरातिको  खेलमा फुलह्यामलाई २-१ गोल अन्तरले हराउँदै युनाईटेड फेरि शीर्ष स्थानमा फर्किएको हो। युनाईटेडलाई लगातार जित दिलाउन इडिसन काभानी र पउल पोग्बाले गोल गरे। खेलमा अग्रता भने फुलह्यामले लिएको थियो ।

यसअघि खेलको पाचौं मिनेटमै एडेमोला लुकम्यानको गोलमार्फत फुल्हमले अग्रता लिएपनि म्यान्चेस्टरका एडिन्सन काभानीले गोल गर्दै खेल बराबरी गरेका थिए ।

पोग्बाको गोलपछि म्यानचेस्टर युनाईटेड पुनः प्रिमियर लिगको शिर्ष स्थानमा फर्किएको हो । १९ खेलबाट युनाईटेडको ४० अंक भएको छ । १८ खेलबाट ३८ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा म्यानचेष्टर सिटीले एस्टन भिल्लालाई २-१ ले हरायो।  

प्रकाशित मिति: ०७:४१ बजे, बिहीबार, माघ ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्