Kathmandu Press

युभेन्टसले जित्यो इटालियन सुपर कपको उपाधि

युभेन्टसले जित्यो इटालियन सुपर कपको उपाधि

काठमाडौं, माघ ७ : युभेन्टसले इटालियन सुपर कपको उपाधि जितेको छ ।

युभेन्टसले सिरी ‘ए’ प्रतिद्धिन्द्धी नेपोलीलाई २–० ले पराजित गर्दै सुपरकपको उपाधि हात पारेको हो ।

स्टेडियो मापेइमा बुधबार राति भएको खेलमा ६४औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए ।

इन्ज्युरी समयको पाँचौँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै युभेन्टसलाई २–० जित सुनिश्चत गरे र उपाधि दिलाए ।
 

प्रकाशित मिति: ०७:१३ बजे, बिहीबार, माघ ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्