Kathmandu Press

सन्दीपलाई दिल्लीले रिलिज गर्‍यो

दिल्लीले बुधबार आफ्नो फेसबुक पेजमा आईपिएल २०२१ लागि रिटेन खेलाडीको लिस्ट सर्वाजनिक गरेको छ, त्यसमा सन्दीप अटाएका छैनन् ।
सन्दीपलाई दिल्लीले रिलिज गर्‍यो

नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आईपिएल) टिम दिल्ली क्यापिटल्सले रिलिज गरेको छ । दिल्लीले बुधबार आफ्नो फेसबुक पेजमा आईपिएल २०२१ लागि रिटेन खेलाडीको लिस्ट सर्वाजनिक गरेको छ, त्यसमा सन्दीप अटाएका छैनन् ।

दिल्लीले सन्दीपलाई रिटेन नगरेपछि उनले आगामी सिजनको आईपिएलमा नयाँबाट खेल्न सक्ने भएका छन् । सन्दीपले लगातार तीन सिजन दिल्लीबाट आईपिएल खेलेका थिए । सन् २०१८ मा सन्दीप तीन सिजनका लागि २० लाख भारुमा दिल्लीमा अबद्ध भएका थिए ।

सन्दीपले सुरुवाती दुई सिजन दिल्लीबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले डेब्यू सिजनमा ३ खेलमा ५ विकेट लिएका थिए भने दोस्रो सिजन ६ खेल खेल्दै ९ विकेट लिएका थिए । युएईमा भएको १३औं संस्करणको आईपिएलमा सन्दीप मैदान उत्रन पाएनन् ।

दिल्लीले सन्दीपसँगै मोहित शर्मा, तषार देशपाण्डे, किमो पौल, एलेक्स क्यारी र जेसन रोयलाई रिलिज गरेको छ। यस्तै, उसले शिखर धवन, पृथ्वी श, अनिक्या रहाणे, ऋषव पन्त, श्रेयस ऐयर, अक्षर पटेल, अमित मिश्रा, इशान्त शर्मा, रविचन्द्रन आश्विन, ललित यादव, हर्षल पटेल, आवेश खान, प्रवीण दुवे, कागिसो रबाडा, एनरिच नोर्किया, मार्कस स्टोइनिस, शमरन हेटमेयर, क्रिस वोक्स र ड्यानियल साम्सलाई रिटेन गरेको छ। 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बिसिसिआई०ले क्लबहरुलाई रिलिज र रिटनका लागि डिसेम्बर २१ सम्मको समय दिएको छ । सन्२०२१ को आईपिएलको ‘मिनी अक्सन’ ११ फेब्रुअरीमा हुने छ । सन् २०२१ को आईपिएलमा २ टिम थप्ने भनिएपनि यो पटक ८ टिम मात्र सहभागी हुने भएको छ । सन् २०२२मा भने १० टिम सहभागी हुने छन् ।

प्रकाशित मिति: १९:३४ बजे, बुधबार, माघ ७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्