Kathmandu Press

कोरोनाका कारण  जिम्बाब्बेका विदेशमन्त्रीको निधन    

जिम्बाब्बेका विदेशमन्त्री सिबुसिसो मोयोको बुधबार निधन भएको छ ।  कोरोना भाइरस संक्रमित भएको एक दिनपछि बुधबार उनको निधन भएको अधिकारीहरुले जनाएका छन् ।     
कोरोनाका कारण  जिम्बाब्बेका विदेशमन्त्रीको निधन    

हरारे–  जिम्बाब्बेका विदेशमन्त्री सिबुसिसो मोयोको बुधबार निधन भएको छ ।  कोरोना भाइरस संक्रमित भएको एक दिनपछि बुधबार उनको निधन भएको अधिकारीहरुले जनाएका छन् ।     

राष्ट्रपति तथा मन्त्रिपरिषद्का कार्यवाहक प्रमुख सचिव जर्ज चाराम्बाद्वारा जारी वक्तव्यका अनुसार कोरोनाकै कारणले उनको निधन भएको स्वास्थ्यकर्मीले पुष्टि गरेका छन् ।     

जिम्बाब्बेमा कोरोनाका कारण निधन भएका मन्त्रीमध्ये उनी तेस्रो मन्त्री भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।   जिम्बाब्बेमा पनि गत सन् २०२० को मार्चदेखि कोरोना भाइरसको महामारी फैलिन सुरु भएको हो ।     

प्रकाशित मिति: १८:५४ बजे, बुधबार, माघ ७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्