Kathmandu Press

भन्सार छली ल्याएको ११ सय लिटर डिजेलसहित दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले अवैध रुपममा भन्सार छली ल्याएको डिजेलसहित दुई जनालाई पक्राउ गरेको छ ।
भन्सार छली ल्याएको ११ सय लिटर डिजेलसहित दुई जना पक्राउ

मोरङ– जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले अवैध रुपममा भन्सार छली ल्याएको डिजेलसहित दुई जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–११ स्थित केशलिया सडकबाट सिटी रिक्सा र ४ वटा मोटरसाइकलमा बिनाबिल अवैध रुपमा भन्सार छली ल्याएको करिब १ हजार १ सय लिटर डिजेलसहित २ जनालाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका–११ का  ४५ वर्षीय नरेश सहनी र सुनसरी साहेबगंजका १८ वर्षीय किशोर रहेका छन् ।  फरार ३ जना मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
 

प्रकाशित मिति: १३:०२ बजे, बुधबार, माघ ७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्