Kathmandu Press

पश्चिमी क्षेत्रको जलवायु अनुकूल कृषि विकासले नेपाली प्रवासीहरूमा हर्ष

काठमाडौं, माघ ७ : १५ वर्षसम्म भारतको फर्नीचर पसलमा  काम गर्दा गर्दै स्नायु दुर्बलताले ग्रस्त राम बहादुर रायमाझी प्युठान फर्केको केही वर्षमात्र भयो।...
पश्चिमी क्षेत्रको जलवायु अनुकूल कृषि विकासले नेपाली प्रवासीहरूमा हर्ष
Hardik ivfHardik ivf

काठमाडौं, माघ ७ : १५ वर्षसम्म भारतको फर्नीचर पसलमा  काम गर्दा गर्दै स्नायु दुर्बलताले ग्रस्त राम बहादुर रायमाझी प्युठान फर्केको केही वर्षमात्र भयो। सन्तानहरूले राम्रो जागीर हात लाउन नसकेपछी ८ जहान परिवारको पालनपोषण गर्न खेतीपातीलाई नै मुख्य पेशाबनाउन उनी बाध्य भए। कृषिका लागी १ हेक्टर जमीन उनीसँग भएपनी सिंचाइ सुविधा गाउँमा थिएन। त्यसकारण दुइ वर्ष अघी सम्म खेती गर्न अनियमित वर्षामा निर्भर हुनुपरेको पीडा झलझली सम्झन्छन् ६५ वर्षीय राम बहादुर।

त्यो व्यथा सम्झँदै उनी भन्छन्,‘कहिलेकाँही भारी वर्षात र असिनाले जमिनको अन्नबाली नष्ट गर्थ्यो र कहिलेकाँही पानीको अभावले सबै उध्यम विफल पार्थ्यो।’अन्नबालीमा लाग्ने किरा र रोग नियन्त्रण गर्न विफल भइ खेतबालीनष्ट भएको हेर्नुबाहेक उनीसँग कुनै विकल्प थिएन। यो भोगाइ केवल रामबहादुरको मात्र नभएर उनको गाउँ दरभानका थुप्रै किसानहरूको २ वर्ष अघिसम्मको व्यथा हो। 

२ वर्ष अघी नेपालको क्षेत्रीय सरकारको पहलमा स्मार्ट कृषि कार्यक्रम दरभान गाउँसम्म पुग्यो तबदेखी रामबहादुरको मुहार उज्यालो छ।सरकारी कार्यक्रम अन्तर्गत जलविध्युत शक्तिद्वारा चालित मोटरको प्रयोग गरी बोरीङबाट पानी निकालि ७५००० लिटर पानी ट्याङ्मा भरिन्छ। यसले रामबहादुर लगाएत गाउँका अन्य किसानहरू आफ्नो जग्गामा सिंचाइ गर्न सक्छन्। पानीको निरन्तर आपूर्ति हुन थालेपछी बालीको उत्पादन झन्डै दोब्बर भएको खुसी व्यक्त गर्छन् रामबहादुर।

तोरीको दानामा तेलको मात्रा बढेको रकाउली, बन्दा, आलु खेती गर्न पनि निकै सहज भएको उनी बताउँछन्। सिंचाइ बाहेक त्यस कार्यक्रमले किसानलाई प्लास्टिक टनेलको पनि सुविधा प्रदान गर्दै आएको छ। यसले टमाटरको बालीलाई असिना, वर्षा र अन्य रोगबाट बचाउँछ। रामबहादुरको भनाइ अनुसार टनेलको बाहिर रोप्दा जुन समस्या थिए अब त्यस्तो समस्या कम भएको उनको भनाइ छ।सरकारको कृषि कार्यक्रमले अन्य थुप्रै प्राविधिक सुविधा दिँदै आएको छ।

उपयोगी कृषिजन्य प्रविधिहरू

लुम्बिनी क्षेत्रका ११६ गाउँमा सरकारी लगानीद्वारा व्यवस्थापन भएका स्मार्ट कृषि कार्यक्रम अहिले सञ्चालनमा छन्। यो कार्यक्रम पहिलो वर्षमा ५२ भन्दा बढी गाउँमा संचालन हुदै थियो। चार बर्षीय सरकारी योजना अन्तर्गत प्रत्येक गाउँमा हरेक वर्ष ५० लाख नेपाली रुपैया बराबरको कृषि विकाशका सामग्री र सेवाहरू वितरण हुँदै आएका छन्। कार्यक्रमका लागि २० प्रतिशत बजेट मौसमी तापक्रम र हावापानी अनुकूल कृषि प्रविधी विकासमा प्रयोग गरिएको जानकारीलुम्बिनी क्षेत्रको कृषि मन्त्रालयले गराएको छ।

मन्त्रालयका सूचना अधिकृत संजय ढकाल भन्छन् , ‘जलवायु परिवर्तनले स्थानीय खेतबारीमा कीरा लाग्ने, पानीको अभाव र बाली उत्पादनमा कमी जस्ता समस्याहरू ल्याउने गरेको छ।’ स्मार्ट खेती कार्यक्रमका एक मौसम तथा कृषी अधिकारीमुकेश रामजालीको भनाइ अनुसार त्यस क्षेत्रमा कहिले अत्यधिक तापक्रम र कहिले धेरैबर्षा अनि कहिले चिसो र कहिले सुख्खाजस्ता उतार चढावले बोट विरूवामा रोग उत्पन्न गरेको छ र कृषि उत्पादनलाई न्युन गराएको छ। यी सबै कृषि व्यवधानमा सहयोग पुर्याउन सरकारका कार्यक्रमहरूले योगदान पुर्याएको देखिन्छ।  राजा १४ नामक धानका बीउले खडेरीमा पनि राम्रो उब्जनी दिन्छन्। यस किसीमका बीउ बीजनको उपलब्धता र पशुपालनका लागी पनि थप सहयोगहरू कार्यक्रम मार्फत हुने गर्छन्। 

प्रत्येक गाउँमा इन्टरनेट पुर्या एर एक सूचना केन्द्र स्थापना गरिएको छ। यसले गर्दा कृषकहरूलाई मौसमको पूर्वानुमान गर्न सहयोग पुग्छ।उनीहरूलाई स्थानीय सरकारले जलवायु परिवर्तन, माटोको गुण र वर्षाको कृषी उपयोग बारे  बुझ्न टेक्नोलोजी प्रयोग सम्बन्धी प्रशिक्षण दिँदै आएको छ। 

ढकालको भनाइ अनुसार यस्ता कार्यक्रमको उद्देश्य गाउँलाई ‘क्लाइमेट स्मार्ट’ बनाउनु हो। वातावरणीय मैत्री कृषि उत्पादनका विधिहरू प्रयोग गरेर प्रतिकुल मौसममा पनि सिंचाइ, बजार र टेक्नोलोजीको पहुँच पुर्याइ कृषि उत्पादनमा टेवा पुर्यालउनु हो।

यस्ता कार्यक्रम दुई बर्ष पछी स्थानीय नगरपालिकाहरूलाई हस्तान्तरण गर्ने योजना प्रान्तीय सरकारको रहेको ढकाल भन्छन्। प्रत्येक वर्ष बजेट लाई एक चौथाई घटाउँदै नगरपालिका र किसान समूहद्वारा कार्यक्रमलाई भविष्यमा अघी बढाइने योजना बारे पनि उनले भनेका छन्। यसबाट कृषकहरू आत्मनिर्भर हुने र गाउँमै केही गर्ने हौसला मिल्ने देखीन्छ। 

कामको खोजीमा बाहिरिने क्रम घट्दै

दरभान गाउँका अर्का किसान दल बहादुर रायमाझी यस्ता सरकारी कार्यक्रमहरूको रेखदेख गर्दै आएका छन्।  पहिले उनी भारतमा सुरक्षा गार्डको काम गर्न जाने गर्थे। स्मार्ट कृषि योजना लागू भएदेखी उनले कृषिलाई नै आफ्नो मुख्य पेशा बनाएका छन्। पर्याप्त जग्गा भएर पनि सबै अन्नहरू बाहिरबाटै किन्नु पर्ने बाध्यताअब नभएको भनाइ उनको छ। उनी भन्छन्,‘ म वर्षेनी २ लाख आफ्नै जमिनको उत्पादनबाट कमाउँदै छु।’उनी रामबहादुरकै आफन्त हुन्। उनी बालीलाई शीत, असिना, कीरा र भारी वर्षाबाट बचाउने र पोली टनलको प्रयोगबारे राम्ररी जान्दछन्।  

अहिले गाउँका करीव ६० घरहरू यस्ता उपकरणबाट लाभ उठाउँदै छन्। सिँचाइका लागी उनीहरू २ वटा ट्याङ्कीबाट पानी प्रयोग गर्दैछन्। यस गाउँका करिब १३ हेक्टर बाँझो जमीन फेरीहराभरा भएको छ। स्मार्ट कृषि कार्यक्रमले आप्रवासीहरूको चापलाई कति घटाएको छ भन्ने बारे ठोस अनुसन्धान हुन बाँकी रहेको भनाइ रायमाझीको छ। यस्ता कार्यक्रमले किसानलाई निकै सक्षम बनाउने र बाहिर गइरहनु नपर्ने उनको विश्वास छ।त्यस गाउँमा सामान्य खेती गर्ने १० देखी १५ घरहरू अहिले व्यवसायिक खेतीमा रूपान्तरित भएको खुलासा रायमाझीको थियो।

ग्लोबल टाइम्सबाट
 

प्रकाशित मिति: ०७:०९ बजे, बुधबार, माघ ७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्