Kathmandu Press

रुसी विपक्षी नेता नाभाल्नीलाई तत्काल रिहाइ नगरिने    

रूसी प्रशासनिक केन्द्र क्रेमलिनले विपक्षी नेता नाभाल्नीको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायले गरेको आग्रहलाई अस्वीकार गरेको छ । मस्कोले नाभाल्नीले विशाल विरोधका लागि गरेको आह्वान राष्ट्रको हितमा नभएको भन्दै उनलाई तत्काल रिहा गर्न नसकिने बताएको हो
रुसी विपक्षी नेता नाभाल्नीलाई तत्काल रिहाइ नगरिने    
Hardik ivfHardik ivf

मस्को– रूसी प्रशासनिक केन्द्र क्रेमलिनले विपक्षी नेता नाभाल्नीको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायले गरेको आग्रहलाई अस्वीकार गरेको छ । मस्कोले नाभाल्नीले विशाल विरोधका लागि गरेको आह्वान राष्ट्रको हितमा नभएको भन्दै उनलाई तत्काल रिहा गर्न नसकिने बताएको हो ।     

राष्ट्रपतिका प्रवक्ता डिमित्री पेस्कोभले मस्कोमा सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘हामीले आन्दोलनका लागि विपक्षी नेताले गरेका आह्वानहरूलाई सुनेका छौं । यसलाई वेवास्ता गर्न सक्दैनौं ।’ नाभाल्नी जर्मनीमा रहेर उपचार गरी करिब पाँच महिनापछि आइतबार मस्को फर्केपछि क्रेमलिनले दिएको यो पहिलो प्रतिक्रिया हो ।     

गत अगस्टमा रूसकै ओम्स्कबाट मस्को जाने विमानमा रहेको समयमा अकस्मात् बिरामी परेका नाभाल्नीलाई आकस्मिक अवतरण गराई स्थानीय एक अस्पतालमा उपचार गरिएको थियो ।   उनलाई जर्मनीको अनुरोधमा आन्तरिक विमानमार्फत् उपचारका लागि बर्लिन लगिएको थियो । जर्मनीमा डाक्टरहरूले नाभाल्नीलाई विष दिइएको कुराको पुष्टि गरेका थिए । उनलाई अस्पतालबाट सेप्टेम्बरमा डिस्चार्ज गरिएको थियो तर चिकित्सकको सल्लाह अनुसार त्यहीँ आराम गरिरहेका थिए ।
     
फ्रान्सेली र स्विडेनी प्रयोगशालामा गरिएको परीक्षणमा नाभाल्नीलाई बेहोस बनाउने सोभियतकालीन रसायन ‘नोभिचोक’ खानामा मिसाएर खुवाइएको हुन सक्ने रिपोर्ट जर्मनीले दिएको छ ।     

प्रकाशित मिति: १९:५३ बजे, मंगलबार, माघ ६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्