Kathmandu Press

चीनमा नौ दिनदेखि खानीमा फसेका श्रमिकलाई औषधि र खाना पुर्‍याइयो 

नौ दिनदेखि खानीभित्र फसेका चिनियाँ श्रमिकहरूका लागि खानीभित्र खाना र औषधि पठाइएको मंगलबार चिनियाँ अधिकारीहरूले  बताएका छन् ।
चीनमा नौ दिनदेखि खानीमा फसेका श्रमिकलाई औषधि र खाना पुर्‍याइयो 

बेइजिङ– नौ दिनदेखि खानीभित्र फसेका चिनियाँ श्रमिकहरूका लागि  खाना र औषधि पठाइएको मंगलबार चिनियाँ अधिकारीहरूले  बताएका छन् ।

औषधि तथा खानेकुरा तीनवटा च्यानलबाट खानीमा पठाउन सफल भएपछि श्रमिकहरूको उद्धारमा सफलता मिल्ने आशा बढेको उद्धारकर्ताहरूले मङ्गलबार जानकारी गराएका छन् । खानीको करिब ५०० मिटरको गहिराइमा उनीहरू फसेको उल्लेख गरिएको छ ।     
     
पूर्वी चीनको सेन्दोङ प्रान्तको यान्ताई नजिकै रहेको सुनखानीमा जनवरी १० मा विष्फोट भई पहिरो खस्दा २२ व्यक्ति खानीभित्र फसेका थिए । उनीहरू खानीबाहिर आउनका लागि बनाएको भ¥याङ भत्किएको र उनीहरू बाहिर निस्किने बाटो अवरूद्ध बनेको थियो ।     
     
गत शनिबार खानीभित्रबाट सहयोगका लागि आवाज आएपछि खानीभित्र फसेका कामदारलाई जीवितै उद्धार गर्ने आशा पलाएको थियो । आइतबार उनीहरूसम्म तार पु¥याइएको थियो र तारमा श्रमिकले आफूहरूमध्ये करिब एक दर्जन व्यक्ति खानीभित्र पानीले घेरिएको अवस्थामा जीवितै रहेको भन्दै औषधि तथा उद्धारका लागि आग्रह गरेका थिए । खानीमा फसेका १० जनाको अवस्था भने अहिलेसम्म अज्ञात रहेको बताइएको छ । 

प्रकाशित मिति: १८:४६ बजे, मंगलबार, माघ ६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्