Kathmandu Press

प्रधानमन्त्री कप : लुम्बिनी र कर्णाली प्रदेश विजयी

प्रधानमन्त्री कप : लुम्बिनी र कर्णाली प्रदेश विजयी
Hardik ivfHardik ivf

काठमाडौं, माघ ६ : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा लुम्बिनी र कर्णाली प्रदेश विजयी भएका छन्। कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा लुम्बिनीले प्रदेश २लाई ७७ रनले हराउँदा मुलपानीमा कर्णाली गण्डकी प्रदेशमाथि ५ विकेटको जित निकाल्यो। 

मुलपानी क्रिकेट मैदानमा गण्डकीले दिएको २०५ रनको लक्ष्य कर्णालीले ३६।५ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो। उसका लागि हिमांशु साहीले सर्वाधिक ६८ रन बनाए। उनले ६० बल खेल्दै ७ चौका प्रहार गरे । यस्तै, विपिन रावलले ४९, राज साहले ३२ र हेमन्त ओलीले २९ रनको योगदान दिए। गण्डकीका विपिन खत्रीले ४ विकेट लिए। 

यसअघि पहिला ब्याटिङ गरेको गण्डकीले ४२.३ ओभरमा अलआउट हुनुअघि २०४ रन मात्र बनाउन सक्यो। उसका राहुल उपाध्यायले अर्धशतकीय योगदान दिए। उनले ६४ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाए। यस्तै, अर्जुन कुमालले ४६ र कप्तान विपिन खत्रीले ३२ रन बनाए। गण्डाकीले ४१ रन एक्स्ट्रा पाएको थियो। कर्णालीका दीपेश अधिकारीले ३ विकेट लिँदा अर्जुन चुनरा र दिवान पुनले समान २ विकेट लिए।

यसैगरी टियू मैदानमा भएको खेलमा लुम्बिनी प्रदेश विजयी भएको छ। उसले प्रदेश २ माथि ७७ रनको जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। लुम्बिनीले दिएको २५८ रनको लक्ष्य पछ्याएको प्रदेश २ ४२।४ ओभरमा अलआउट हुँदै १८० रन मात्र बनउान सक्यो। 

प्रदेश २ का लागि विकेक यादवले ५१ रन बनाउँदा सुधीर चौधरीले ४२ र महबुब आलमले ३२ रनको योगदान दिए। यस्तै, हरिशंकर साहले २२ रन बनाउँदा अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। लुम्बिनीका अनिल खरेलले ४ विकेट लिए भने विक्रम भुसाल र दीपेन्द्र रावतले समान २ विकेट लिए। 

सन्दीप रजाली र सौरभ खनालले अर्धशतकीय इनिङ खेलेपछि पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा ९ विकेठ गुमाउँदै २५७ रन बनायो। सन्दीपले १०७ बलमा ११ चौक्का प्रहार गर्दै८३ रन बनाए भने सौरभले ६४ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५६ रन बनाए। यस्तै विक्रम भुसााले ३६ रन बनाए। प्रदेश २का हरिशंकर साहले ३ र दिभांशु मल्लिकले २ विकेट लिए।

प्रतियोगिता अन्तर्गत बुधबार पनि दुई खेल हुनेछन्। नेपाल पुलिस क्बल र सुदूरपशिचमबीचको खेल टियू मैदानमा हुने छ भने प्रदेश १ र नेपाली आर्मीबीचको खेल मुलपानीमा हुने छ।

प्रकाशित मिति: १६:५९ बजे, मंगलबार, माघ ६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्