Kathmandu Press

अवैध लागूऔषधसहित  पाँच जना पक्राउ  

देशका विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । झापाबाट ३ र मोरङबाट २ जना गरी पाँच जना पक्राउ परेका हुन् ।
अवैध लागूऔषधसहित  पाँच जना पक्राउ  

काठमाडौं– देशका विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । झापाबाट ३ र मोरङबाट २ जना गरी पाँच जना पक्राउ परेका हुन् ।

झापाको दमक नगरपालिका–३ बेलडाँगी बुद्ध टोलबाट १ ग्राम ६ सय मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय समीर तामाङ र २२ वर्षीय नवीन लिम्बु रहेका छन् । 

यसैगरी झापा बुद्धशान्ति गाउँपालिका–४ किरात चोकबाट ६ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित सोही ठाउँ बस्ने २२ वर्षीय प्रवेश माझीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले प्रवेशलाई उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको  हो । 

त्यस्तै मोरङ, रतुवामाई नगरपालिका–४ आमबारीबाट १ सय २६ ग्राम १४ मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–२ झुर्किया बस्ने ४२ वर्षीय मोहम्मद रफिक मिया र भारत अररिया कुचहा धाता बस्ने २२ वर्षीय मोहम्मद नवाब आलम रहेका छन् । 

लागूऔषध नियन्त्रण कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले बिआर ३७ यू ५८२३ नम्बरको मोटरसाइकललाई जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।         
 

प्रकाशित मिति: १३:०१ बजे, मंगलबार, माघ ६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्