Kathmandu Press

मेची पुलपारि अस्थायी प्रहरी बिट स्थापना

सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि भद्रपुर नगरपालिका९५ स्थित नेपाल–भारत सीमानाका नजिक  अस्थायी प्रहरी बिट स्थापना गरिएको छ ।
मेची पुलपारि अस्थायी प्रहरी बिट स्थापना
Hardik ivfHardik ivf

झापा– सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि भद्रपुर नगरपालिका९५ स्थित नेपाल–भारत सीमानाका नजिक  अस्थायी प्रहरी बिट स्थापना गरिएको छ । उक्त बिटको भद्रपुर नगरपालिका प्रमुख जिवन कुमार श्रेष्ठले सोमबार आयोजित एक कार्यक्रमबीच उदघाटन गरे ।
गत जेठ २४ गतेबाट निर्माण कार्य शुरु भएको उक्त बिट जम्मा १६ लाख ८० हजार ६ सय ५८ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।  

सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिहरुको रोकथाम गरी नागरिकलाई शन्ति सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले वडा प्रहरी कार्यालय भद्रपुर र सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरको विशेष पहल तथा भद्रपुर नगरपालिकाको सहयोगमा उक्त प्रहरी बिट निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 
 

प्रकाशित मिति: १२:४१ बजे, मंगलबार, माघ ६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्