कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १३ माघमा बस्ने 

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति सरेको छ ।  २०७७ माघ ६ गते मंगलबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएको बैठक  माघ १३ गते मंगलबार दिनको १ बजे बस्ने भएको छ । 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

 Published Date: Monday, 18th January 2021 6:43:00 pm