Kathmandu Press

नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पुँजीकरण  ३१ खर्ब नाघ्यो  

काठमाडौँ–  लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । हरेक दिन नयाँ...
नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पुँजीकरण  ३१ खर्ब नाघ्यो  
Hardik ivfHardik ivf

काठमाडौँ–  लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । हरेक दिन नयाँ नयाँ रेकर्ड बनाउँदै अगाडि बढिरहेको नेप्से आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको छ ।     

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्सेमा १७.३१ बिन्दुले वृद्धि भई २ हजार ३३२.३१ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.१८ ले वृद्धि भई ४४५.६० मा पुगेको छ । नेप्सेको वृद्धिसँगै कारोबार रकम ६ अर्बमाथि रहेको छ ।     

कूल २०७ कम्पनीको १ करोड ५४ लाख ९६ हजार ७१४ कित्ता सेयर ६ अर्ब ३१ करोड ४६ लाख ६४ हजार १६७ मूल्यमा कारोबार भयो । नेप्सेको उकालो यात्रासँगै बजार पुँजीकरण  ३१ खर्ब ४१ अर्ब ८१ करोड १३ लाख ४० हजार बराबर भएको छ ।

जीवन बिमा, निर्जीवन बिमा र व्यापार उपसमूहको सेयरमा उल्लेख्य सुधार आउँदा बजारले नयाँ लय समातेको हो । कारोबार भएका कूल १२ उपसमूहमध्ये जलविद्युत् उपसमूहको सेयर ओरालो लागेको छ । सो उपसमूहको सेयरमा ११.५२ बिन्दुको गिरावट देखिएको छ ।     
     
यसैगरी बैंकिङ २.८१, व्यापार १८१.०४, होटल ११३, विकास बैंक ५०.४५, वित्त २२.५८, निर्जीवन बिमा १२६.१३, उत्पादन २१.४, अन्य ११.४२, लघुवित्त १००.१, जीवन बिमा १९९.४७ र सामूहिक लगानी कोष ०.२५ ले वृद्धि भएको छ । कारोबारका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको  ३३ करोड ४६ लाख ९४ हजार ७८९ बराबरको कारोबार भयो ।

प्रकाशित मिति: १८:१७ बजे, सोमबार, माघ ५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्