
काठमाडौं– विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक भएको छ ।
गीतमा मेलिना राई र राजन तिमिल्सिनाको स्वर तथा संगीत रहेको छ । प्रज्योल राज शाक्यको निर्देशन रहेको गीतमा अन्जु सुनार तथा सन्दिप सुवेदीलाई फिचरिङ गरिएको छ । अखिल बास्तोला र टिमको छायांकन रहेको गीतको भिडियोमा हिमसागर बमको सम्पादन छ । फरक शैलीका गीतमार्फत डा. उपाध्यायले विभिन्न ३२ विश्व रेकर्ड राखिसकेका छन् ।