Kathmandu Press

एम्बुलेन्स दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

झापा, माघ ५ : झापामा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।पूर्वपश्चिम राजमार्गअन्तर्गत दमक...
एम्बुलेन्स दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

झापा, माघ ५ : झापामा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दमक नगरपालिका–४ ताराबारीमा मे १ च १२४६ नम्बरको एम्बुलेन्सले विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०१–००३ ह ६२४ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा दुर्घटना भएको हो।

एम्बुलेन्सभन्दा पछाडी रहेको को ११ प ९५२५ नम्बरको मोटरसाइकल र को २५ प १९३३ नम्बरको स्कुटर पनि दुर्घटनापछि सडकमा पल्टिएको अटोमा ठोक्किएका थिए।

दुर्घटनामा अटो चालक मोरङको उर्लाबारी नगरपालिका ४ का ५० वर्षीय देवेन्द्र बुढाथोकी र अटोमा सवार ४२ वर्षीय सन्तोष श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाका डिएसपी राकेश थापाले बताए।

अटोमा सवार सुनसरीको इनरुवा ७ का २४ वर्षीय सौजन मगर, झापाको दमक नगरपालिका ४ का २० वर्षीय राजन सिलवाल र मोटरसाइकल चालक दमक २ का २८ वर्षीय रमेश पोखरेल घाइते भएका छन्। एम्बुलेन्स चालक दमक ४ का ५१ वर्षीय गणेश दंगाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: १२:५१ बजे, सोमबार, माघ ५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्