Kathmandu Press

संसद् विघटनविरुद्धको मुद्दामा सर्वोच्चमा सुनुवाइ सुरु

काठमाडौं, माघ ५ : प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा...
संसद् विघटनविरुद्धको मुद्दामा सर्वोच्चमा सुनुवाइ सुरु
Hardik ivfHardik ivf

काठमाडौं, माघ ५ : प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा १३ रिट परेका थिए। सबै रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै आएको छ।

आज पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादर केसीको संवैधानिक इजलास सुनुवाइ सुरु भएको छ।

आज पनि संवैधिानक इजलासमा निवेदकहरुले नै बहस गर्नेछन्। आइतबार पनि निवेदकहरुले बहस गरेका थिए।

आइतबारको बहसमा निवेदकहरुले प्रतिनिधिसभा विघटन गर्ने निर्णय संविधानविपरीत भएको जिकिर गरेका थिए। उनीहरुले प्रतिनिधिसभा विघटन गर्ने निर्णय खारेज गर्नुपर्ने बताएका थिए।

निवेदकहरुको बहस सकिएपछि सरकारी पक्षका कानुन व्यवसायीले बहस गर्नेछन्। त्यसपछि पुनः निवेदकहरुलाई बोल्न दिइनेछ।

त्यसपछि संवैधानिक इजलासले एमिकस क्युरीको सुझाव लिनेछ। अनि मात्रै फैसला आउनेछ।

 

 

प्रकाशित मिति: १२:०९ बजे, सोमबार, माघ ५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्