Kathmandu Press

सोलुखुम्बुमा टिपर दुर्घटना, तीन जनाको मृत्यु

सोलुखुम्बु, माघ ५ : साेलुखुम्बुमा निर्माण सामग्री बाेकेकाे टिपर दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ भने एक जना गम्भीर घाइते भएका छन्।सोलु...
सोलुखुम्बुमा टिपर दुर्घटना, तीन जनाको मृत्यु
फाइल फाेटाे।

सोलुखुम्बु, माघ ५ : साेलुखुम्बुमा निर्माण सामग्री बाेकेकाे टिपर दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ भने एक जना गम्भीर घाइते भएका छन्।

सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिकाको सिमानास्थित महादेव भिरमा टिपर खसेकाे प्रहरीले जनाएकाे छ।

गएराति करिब ११:३० बजे बा ४ ख ७९८० नम्बरको टिपर दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौँडाका ३३ वर्षीय रामकुमार मगर र सप्तरीका १९ वर्षीय कृष्ण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङले बताए ।

हेटौँडाका २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ।

दूधकोसी सोलुखोला (८६ मेगावाट) जलविद्युत् आयोजनाको निर्माण सामग्री लिएर आएको टिपर भिरबाट खसेको प्रहरीले जनाएको छ । सोलु जलविद्युत् आयोजना (२३.५ मेगावाट)मा प्रयोग भएका सामग्री निर्माणाधीन दूधकोसी सोलु खोला जलविद्युत् आयोजना (८६ मेगावाट)मा लैजाने क्रममा महादेव भिरमा दुर्घटना भएको हाे।

प्रहरीका अनुसार सामग्री ढुवानीका लागि तिङलाबाटै पञ्चन निस्कन मिल्ने मार्ग भए पनि उनीहरू सल्यानतर्फ किन लागे भन्ने कारण खुल्न सकेको छैन। (रासस)

 

प्रकाशित मिति: १०:०२ बजे, सोमबार, माघ ५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्