Kathmandu Press

बिल्बाओले जित्यो सुपरकप, क्लब क्यारियरमा मेस्सीलाई पहिलो रेड कार्ड

काठमाडौं, माघ ५ : सुपरकपको उपाधि एथलेटिक विल्बाओले जितेको छ।गएराति सम्पन्न फाइनल खेलमा एथलेटिक विल्बाओले बार्सिलोनालाई ३-२ गोल अन्तरले पराजित गर्दै सुपरकपको उपाधि...
बिल्बाओले जित्यो सुपरकप, क्लब क्यारियरमा मेस्सीलाई पहिलो रेड कार्ड
Hardik ivfHardik ivf

काठमाडौं, माघ ५ : सुपरकपको उपाधि एथलेटिक विल्बाओले जितेको छ।

गएराति सम्पन्न फाइनल खेलमा एथलेटिक विल्बाओले बार्सिलोनालाई ३-२ गोल अन्तरले पराजित गर्दै सुपरकपको उपाधि आफ्नो पोल्टामा पारेको हो । एथलेटिकको जितमा ओस्कार डी मार्कोस, एसिएर भिलालीब्रे र इनाकी विलियमले एक एक गोल गरेका थिए। त्यस्तै बार्सिलोनाका लागि दुवै गोल एन्टोनी ग्रीजम्यानले गरेका थिए।

निर्धारित ९० मिनेटको समयमा दुवै टिमले २-२ गोल गरेपछि खेल अतिरिक्त समय खेलाइएको थियो। एथलेटिकले खेलको ९० मिनेटमा गोल गर्दै बराबरी गरेपछि खेल अतिरिक्त समयमा गएको थियो। त्यसपछि खेलको ९३ औ मिनेटमा एथलेटिकले गोल गर्दै अग्रता बनाएर खेल जितेको थियो। खेलको १२१ औ मिनेटमा बार्सिलोनाका लियोनेल मेसीले रातो कार्ड पाएका थिए। ​

बिल्बाओका भिलालिब्रालाई फाउल गरेपछि मेस्सीले रातो कार्ड पाएका हुन् । मेसीले क्लब फुटबलको क्यारियरमा पहिलो रातो कार्ड पाएका हुन्।  त्यस्तै मेसीले अर्जेन्टिनाबाट खेल्दा भने दुई पटक रातो कार्ड पाएका छन्।

एथलेटिक बिल्बाओले यो सँगै तेस्रो पटक सुपरकप जितेको छ । यस अघि बिल्बाओले सन १९८४ र २०१५ मा उपाधि जितेको थियो।

प्रकाशित मिति: ०८:०३ बजे, सोमबार, माघ ५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्