Kathmandu Press

फुटबल एकेडेमी बनाउन पुलिस स्कुल र एन्फाबीच समझदारी

काठमाडौं– नेपाल पुलिस स्कुल र अखिल नेपाल फुटबल एसोसिएसन (एन्फा) बीच  ‘नेपाल पुलिस स्कुल फुटबल एकेडेमी’ स्थापनाका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ...
फुटबल एकेडेमी बनाउन पुलिस स्कुल र एन्फाबीच समझदारी
Hardik ivfHardik ivf

काठमाडौं– नेपाल पुलिस स्कुल र अखिल नेपाल फुटबल एसोसिएसन (एन्फा) बीच  ‘नेपाल पुलिस स्कुल फुटबल एकेडेमी’ स्थापनाका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाही र अखिल नेपाल फुटबल एसोसिएसनका  का अध्यक्ष कर्मा छिरिङ शेर्पाले समझदारीपत्रमा हस्ताक्षर गर्नुको साथै उक्त समझदारीपत्र आदानप्रदान समेत गरे ।

कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले धन्यवाद ज्ञापन गर्दै नेपाल पुलिस स्कुललाई सहकार्यका लागि एन्फाले छनोट गरेको प्रति हार्दिक आभार प्रकट गरे । समझदारीपत्रमा व्यक्त प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउन दुवै पक्ष गम्भीरतापूर्वक लाग्ने विश्वास व्यक्त गर्दै  कार्यान्वयनको चरणमा लैजानका लागि संगठनको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
 

प्रकाशित मिति: १६:३८ बजे, आइतबार, माघ ४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्