Kathmandu Press

पुलिसमाथि बागमती प्रदेशको जित, आर्मीको लगतार दोस्रो जित

काठमाडौंमा जारी ‘प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता’मा विभागीय टिम नेपाल पुलिस क्लबमाथि बागमती प्रदेशले सानदर जित निकालेको छ ।
पुलिसमाथि बागमती प्रदेशको जित, आर्मीको लगतार दोस्रो जित
Hardik ivfHardik ivf

काठमाडौंमा जारी ‘प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता’मा विभागीय टिम नेपाल पुलिस क्लबमाथि बागमती प्रदेशले सानदर जित निकालेको छ । आइतबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा खेलमा बाग्मतीले पुलिसमाथि ७ विकेटको जित निकालेको हो । 

लेगस्पिनर तिलक भण्डारी र मिडयम पेसर नन्दन यादवले उत्कृष्ट बलिङ गरेपछि पहिला ब्याटिङ गरेको पुलिस २९।३ ओभरमा १११ रनमै अलआउट भयो । ११२ रनको सामान्य लक्ष्य बागमतीले ३४।४ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । 

बाग्मतीका लागि उपकप्ता पृथु बास्कोटाले सर्वाधिक ४८ रन बनाए । उनले ६६ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे । यस्तै पारस खड्का र इशान पाण्डेले समान १७ रन बनाउँदा अदिल खान १२ रन बनाएर आउट भए । पुलिसका दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशीले समान १ विकेट लिए ।

यअसघि बाग्मतीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङका लागि आएको पुलिस १११ रनमै अलआउट भयो । बाग्मतीको कसिलो बलिङ सामु पुलिसका ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । उसका लागि दीपेन्दै र अनिल साहले समान २१ रन बनाउँदा सुनिल धमला र कुशल भुर्तेलले समान १७ रन बनाए । पुलिसको इनिङ ध्वस्त बनाउने क्रममा बाग्मतीका तिलक र नन्दनले समान ४ विकेट लिए । तिलकले ७।३ ओभरमा १ मेडनसहित १७ रन खर्चिए भने नन्दनले ९ ओभरमा १ मेडनसहित ३१ रन खर्चिए । यस्तै, रामनरेश गिरीले २ विकेट लिए ।

आर्मीको लगातार दोस्रो जित

आइतबार नै भएको अर्को खेलमा कर्णाली प्रदेशमाथि जित निकाल्दै विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले कर्णालीलाई ८० रनले हरायो ।

आर्मीले दिएको १९६ रनको लक्ष्य पछ्याएको कर्णाली ३३।३ ओभरमा अलआउट हुँदै ११५ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान रविन्द्र साहीले सर्वाधिक ३० रन बनाए भने हेमन्त ओलीले १६ र दीपेश अधिकारीले १२ रन बनाए । आर्मीका सुशन भारीले ४ र साहब आलमले  ३ विकेट लिए ।

ओपनर अनिल मण्डलले अर्धशतक बनाएपछि पहिला ब्याटिङ गरेको आर्मीले ४३।१३ ओभरमा अलआउट हुुँदै १९५ रन बनायो । अनिलले ११४ बल खेल्दै १४ चौका प्रहार गर्दै ८९ रन बनाए । यस्तै कप्तान विनोद भण्डारीले ४१, राजेश पुलामीले १६ रन बनाए । कर्णालीले दिनेश अधिकारी, राज साह, दिवान पुनले समान २ विकेट लिए ।

प्रतियोगिताअन्तर्गत सोमबार बाग्मती र सदूरपश्चिम तथा गण्डकी र प्रदेश १ भिड्नेछन् । बाग्मती र सुदूरपश्चिमबीचको खेल टियू मैदानमा हुनेछ भने प्रदेश १ र गण्डकीबीचको खेल मुलपाली मैदानमा हुनेछ ।

प्रकाशित मिति: १५:४८ बजे, आइतबार, माघ ४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्