Kathmandu Press

माघ ९ मा एनसिसी बैंकको साधारण सभा

साधारण सभामा उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने वा प्राप्ति गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।
माघ ९ मा एनसिसी बैंकको साधारण सभा
Hardik ivfHardik ivf

काठमाडौं– नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकले ९ माघमा २३औं वार्षिक साधारण सभा गर्ने भएको छ । एनसिसीको साधारण सभा बिहान १० बजेदेखि केन्द्रीय कार्यालयमा हुने बताइएको छ । 

एनसिसीले साधारण सभा प्रयोजनका लागि २१ पुसमा बुक क्लोज गरेको थियो । २० पुससम्म कायम सेयरधनीले यस साधारण सभामा भाग लिन पाउनेछन् ।

साधारण सभामा उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने वा प्राप्ति गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।
 

प्रकाशित मिति: १३:२२ बजे, आइतबार, माघ ४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्