Kathmandu Press

संसद् विघटनविरुद्धको मुद्दा हेर्ने संवैधानिक इजलासमा पूरानै न्यायाधीश

काठमाडौं, माघ ४ : संसद् विघटनविरुद्धको मुद्दाको आज संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ। यसका लागि आज गठन गरिएको संवैधानिक इजलासमा यसअघिकै न्यायाधीश...
संसद् विघटनविरुद्धको मुद्दा हेर्ने संवैधानिक इजलासमा पूरानै न्यायाधीश

काठमाडौं, माघ ४ : संसद् विघटनविरुद्धको मुद्दाको आज संवैधानिक इजलासमा सुनुवाइ हुन लागेकाे छ। यसका लागि आज गठन गरिएको संवैधानिक इजलासमा यसअघिकै न्यायाधीश परेका छन्।

सर्वोच्च अदालतको दैनिक पेशी सूचिमा आज संसद् विघटनविरद्धको मुद्दाको सुनुवाइ १ नं. इजलासमा तोकिएको छ। आजको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन्।

यसअघि शुक्रबारको इजलासमा पनि उनीहरु नै थिए। शुक्रबारको इजलासले निरन्तर सुनुवाइको निर्णय गरेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएपछि यसका विरुद्ध सर्वच्चो अदालतमा मुद्दा परेको हो। यसमा सुनुवाइ हुँदै आएको छ।

शुक्रबारसम्म यसलाई बृहत पूर्ण इजलासमा पठाउने कि संवैधानिक इजलासमै सुनुवाइ गर्ने भन्नेमा बहस चल्दै आएको थियो। अब भने संवैधानिक इजलासबाटै यसको टुंगो लगाइने भएको छ।

प्रकाशित मिति: ११:०३ बजे, आइतबार, माघ ४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्