Kathmandu Press

खगोलविदहरूले भेटे निकै चम्किलो र पुरानो ब्ल्याक होल

यसको बीच भागको छिद्र सूर्यभन्दा १.६ अर्ब गुणा बढी विशाल भएको अन्तरिक्षविद् बताउँछन्।
खगोलविदहरूले भेटे निकै चम्किलो र पुरानो ब्ल्याक होल

काठमाडाैं, माघ ३ : ब्रह्माण्ड उत्पत्तिको ६७ करोड वर्षपछि जन्मिएको एक ब्ल्याक होल (तारा र खगोलीय पिण्डहरू निल्ने अन्तरिक्षको छिद्र) खगोलविद्हरूले फेला पारेका छन्।

यो ब्ल्याक होल अन्तरिक्षमा १३ अर्ब ३० लाख प्रकाश वर्ष टाढा भेटिएको हो। यसको बीच भागको छिद्र सूर्यभन्दा १.६ अर्ब गुणा बढी विशाल भएको अन्तरिक्षविद् बताउँछन्। यसको नाम क्विजा जे ०३१३-१८०६ दिइएको छ।

सन् २०१७ मा भेटिएको जे १३४२-०९२८ नामक ब्ल्याक होल, ब्रह्माण्डको उमेर ६९ करोड वर्ष हुँदा उत्पन्न भएको थियो। गत मंगलबार अमेरिकी एस्ट्रोनोमिकल सोसाइटीको २७७ औँ बैठकमा घोषित यस नयाँ उपलब्धीले ब्रह्माण्डको वातावरणबारे विभिन्न प्रश्न उठाएको छ।

यस नयाँ ब्ल्याक होललाई ब्रह्माण्डमै नपाइने अत्यन्तै चम्किला वस्तुहरूले घेरेका छन्। यो आकाशगंगा तारापुञ्जको केन्द्रतिर पर्छ, तर यसको बीचमा सूर्यभन्दा पनि करोडौँ-अर्बौँ गुणा विशाल ब्ल्याक होल छ। ब्ल्याक होलमा भएको तीव्र गुरूत्वाकर्षणले ग्यास र धुलोलाई तान्छ र ताराहरूको परमाणुलाई सोस्छ, तर यसको वरिपरि धुलोले घेरेका चम्किलो किरणहरू देख्न सकिन्छ।

त्यस्ता धुलो धेरै ठूलो गतिमा चारैतर्फ घुमिरहेको हुँदा त्यहाँबाट ठूलो ऊर्जाशक्ति बाहिर निस्कन्छ। त्यसलाई पृथ्वीबाट हेर्दा विद्युत चुम्बकीय वर्णक्रम (इलेक्ट्रो म्याग्नेटिक स्पेक्ट्रम) को उज्ज्वल प्रकाशझैँ देखिन्छ।

यो निकै चम्किलो ब्ल्याक होल हो
जे०३१३-१८०६ब्ल्याक होलको चम्काहट आकाशगंगाभन्दा एक हजार गुणा ज्यादा छ। खगोलविद्हरूले चिलीको एटाकामा मरूभूमिस्थित सबैभन्दा ठूलो रेडियो दूरबिन र मौना किया हवाईका दुईवटा अब्जर्भेटरीको मद्दतले क्विजा ब्ल्याक होल पत्ता लगाएका हुन्। यस अध्ययनमा सुपरम्यासिभ (निकै ठूलो आकारको)ब्ल्याक होलका गुणहरू र यसको दूरीबारे निकै सटिक जाँचहरू भए। उनीहरूको गणनाले यो सूर्यभन्दा १.६ करोड गुणा ठूलो भएको जानकारी प्राप्त भएको छ।

अध्ययनको तथ्यांकले यस ब्ल्याक होल ब्रह्माण्डको उमेर केवल ६७ करोड वर्ष हुँदा उत्पन्न भएको देखिनुले वैज्ञानिकहरू आश्चर्यमा परेका छन्। किनकि, खगोलीय सिद्धान्तअनुसार यति छोटो अवधिमा ब्ल्याक होलले यति ठूलो आकार ग्रहण गर्न नसक्ने अनुमान थियो। ब्ल्याक होल निर्माण हुने प्रणालीमा अन्य आकाशीय पिण्डहरू अवशोषित हुनुपर्छ भनिन्छ।

क्विजा जे ०३१३-१८०६ को विशालता र यसको कारण पहिल्याउन खगोलविद्हरू अलमलमा परेका छन्। खगोलविद् जियाओ हुई फेनले यति छोटो अवधिमा यस्तो आकारको ब्ल्याक होल कसरी बन्यो भन्ने अनुमानित विचार दिएका छन्। उनको ठम्याइअनुसार यो बन्नुअघि नै सूर्यभन्दा पनि १० हजार गुणा ठूलो आकारको सुरूआती ब्ल्याक होलबाट यसको निर्माण भएको हुनसक्ने उनको दाबी छ।

उनी युनिभर्सिटी अफ एरिजोनाका खगोलविद् एवं ‘ड्याट विल बि अन्ली पोसिबल इन द डाइरेक्ट कोल्याप्स सिनारियो’ नामक शोधपत्रका सहलेखक हुन्। उनको पत्रको ‘कोल्याप्स सिनारियो’ ले ब्ल्याक होलमा ताराहरू होइन, बादलमा धेरै परिमाणमा भएको चिसो हाइड्रोजन ग्यास नै ब्ल्याक होलको प्रमुख कारण हो भन्छ।

तर, ब्ल्याक होलको कारण पत्ता लगाउने यो मात्र एक सिद्धान्त भने होइन। स्पेक्ट्रेल डेटा प्रयोग गरेर खगोलविद्हरू ब्ल्याक होलले हरेक वर्ष २५ वटा सूर्य बराबरका वस्तुहरू निल्दैछ भनी पत्ता लगाइसकेका छन्। यसको मतलब ब्ल्याक होलको आकारमा निकै वृद्धि हुँदै जानु हो। भर्खर पत्ता लागेको यस क्विजा नामक ब्ल्याक होल पनि सम्भवतः अझै ठूलो आकार लिने क्रममा रहेको फेन बताउँछन्।

आगामी ३१ अक्टोबरपछि देखिने जेम्स वेब स्पेस टेलिस्कोपले वैज्ञानिकहरूलाई ब्रह्माण्डको प्रारम्भमा यस्ता ठूला खगोलीय छिद्रहरू कसरी बन्न थाले भन्ने बुझ्न नयाँ ढोका खोल्ने विश्वास छ।

सीनेट डटकमबाट
 

प्रकाशित मिति: २२:२६ बजे, शनिबार, माघ ३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्