Kathmandu Press

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट पाँच जना पक्राउ

डोल्पा, माघ ३ : डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रबाट वन्यजन्तुको तस्करीमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको छ।निकुञ्ज र प्रहरीको टोलीले त्रिपुरासुन्दरी...
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट पाँच जना पक्राउ
Hardik ivfHardik ivf

डोल्पा, माघ ३ : डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रबाट वन्यजन्तुको तस्करीमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको छ।

निकुञ्ज र प्रहरीको टोलीले त्रिपुरासुन्दरी नगरपालिका–११ मुह इलाकाबाट पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मुह गाउँका ४५ वर्षीय मनबहादुर बुढा, ३७ वर्षीय चन्द्रप्रसाद बुढा, त्रिपुरासुन्दरी–७  पहाडाका ४१ वर्षीय सूर्यबहादुर बुढा, ३० वर्षीय चन्द्र केसी र २१ वर्षीय गोकर्ण बुढा रहेका छन्।

उनीहरुबाट दुई बन्दुक, एक डिब्बा बारुद, ४५ छर्रा, कस्तुरी मार्ने १४ वटा पासो, चौरीको दुईटा सिंग र कस्तुरीको दुईटा दाँत बरादम गरेको जनाएको छ।

 

प्रकाशित मिति: १३:३४ बजे, शनिबार, माघ ३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्