Kathmandu Press

नेपाल र भारतबीचको सीमा विवाद समाधानमा वार्ता गर्न ज्ञवालीको भारतसँग प्रस्ताव

काठमाडौं, माघ ३ : भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीच देखिएको सीमा विवाद समाधान गर्न तत्काल वार्ताको थालनी गर्न प्रस्ताव...
नेपाल र भारतबीचको सीमा विवाद समाधानमा वार्ता गर्न ज्ञवालीको भारतसँग प्रस्ताव

काठमाडौं, माघ ३ : भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीच देखिएको सीमा विवाद समाधान गर्न तत्काल वार्ताको थालनी गर्न प्रस्ताव राखेका छन् ।

शुक्रबार भारतीय समकक्षी एस जसशंकरसँग भएको वार्तामा ज्ञवालीले दुई देश बीच रहेको सीमा विवादलाई समाधान गर्न तत्काल वार्ताको थालनी गर्न प्रस्ताव गरेका हुन् ।

मन्त्री ज्ञवालीले दुई देशको परराष्ट्र सचिवस्तरीय संयन्त्रको वैठक मार्फत वा सीमाका लागि संयन्त्र बनाएर वार्ता थालनी गर्नुपर्ने प्रस्ताव गरेका थिए । भारतीय विदेशमन्त्रीले यस सम्बन्धमा ठोस जवाफ नदिएको बताइएको छ। स्रोतका अनुसार भारतीय विदेश मन्त्रीले सीमा सम्बन्धी केही संयन्त्र छन् त्यहाँ छलफल गरौं भन्ने जवाफ दिएका थिए।

नेपाल र भारत बीचमा कालापानी, लिपुलेक र लिम्यियाधुरा बाहेक पनि अन्य सीमा सम्बन्धी विवाद कायमै छ। 
 

प्रकाशित मिति: ०८:१३ बजे, शनिबार, माघ ३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्