Kathmandu Press

विनोद भण्डारीको शतकमा आर्मीको सानदार जित

'प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता'काे उद्घाटन खेलमा विनोदको शतक मद्दतमा आर्मीले गण्डकी प्रदेशमाथि ९९ रनको फराकिलो जित निकालेको हो ।
विनोद भण्डारीको शतकमा आर्मीको सानदार जित

नेपाली राष्ट्रिष्य क्रिकेट टिमका सदस्य विनोद भण्डारीले शतकीय इनिङ खेलेपछि 'प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता'मा त्रिभुवन आर्मी क्लबले सानदार जित निकालेको छ । आजैबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा विनोदको शतक मद्दतमा आर्मीले गण्डकी प्रदेशमाथि ९९ रनको फराकिलो जित निकालेको हो ।

कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा पहिला ब्याटिङ गर्दै आर्मीले दिएको २८८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश ४८ ओभरमा १८९ रनमै अलआउट भयो । उसका लागि समीर कँडेलले सर्वाधिक ५० रन बनाए भने कप्तान विपिन खत्रीले ३७ र अर्जुन कुमालले ३६ रनको योगदान दिए । 

गण्डकी प्रदेशलाई सस्तैमा समेट्ने क्रममा राजेश पुलामी मगरले ५ विकेट लिए । उनले ९ ओभरमा २ मेडनसहित २५ रन खर्चिए । यस्तै भीम सार्कीले ३ तथा आकाश चन्द र रोहित पौडेलले समान १ विकेट लिए । 

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८७ रन बनाएको थियो । उसका लागि कप्तान विनोद भण्डारीले आक्रामक रुप्मा शतकीय इनिङ खेले । उनले ७६ बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै नटआउट १११ रन बनाए । यस्तै राजु रिजालले ४५, लोकेश बमले ४२ र राजेश पुलामीले ३८ रनको योगदान दिए । 

गण्डकीका विपिन खत्री र विशाल पौडेलले समान २ विकेट लिए भने दीपेश खत्री र चन्द्र पौडेल १–१ विकेट लिए ।  प्रतियोगिताअन्तर्गत शनिबार टियू मैदानमै विभागीय टिम एपिएफ र प्रदेश १ भिड्ने छन् । प्रतियोगितामा ३ विभागीय टिमसहित १० टोली सहभागी छन् ।

प्रकाशित मिति: १८:५८ बजे, शुक्रबार, माघ २, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्