Kathmandu Press

अब अनलाइनबाटै सरकारी सेवा : मन्त्री गुरुङ

नागरिक एप्स आम नागरिकको सेवालाई सरल, सहज र छिटोछरितो बनाइ लाइनबाट नभई अनलाइनबाट सेवा प्रदान गर्ने महत्त्वपूर्ण प्रयास हो ।
अब अनलाइनबाटै सरकारी सेवा : मन्त्री गुरुङ
Hardik ivfHardik ivf

काठमाडौं–    सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रविधिमार्फत नागरिकका हातहातमै सरकारी सेवा पुर्‍याउने उद्देश्यले सरकारले ‘नागरिक एप्स’ परीक्षणका रुपमा सञ्चालन गरिएको बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज ‘नागरिक एप्स’को शुभारम्भका क्रममा उनले डिजिटल नेपाल बनाउने सरकारी लक्ष्य पूरा गर्न उक्त एप्स महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

‘नागरिक एप्स आम नागरिकको सेवालाई सरल, सहज र छिटोछरितो बनाइ लाइनबाट नभई अनलाइनबाट सेवा प्रदान गर्ने महत्त्वपूर्ण प्रयास हो,’ मन्त्री गुरुङले भने, ‘सरकारी सेवा र सूचना हातहातमा कसरी पुर्‍याउन सकिन्छ, सबै कागजपत्रलाई सुरक्षित कसरी गर्न सकिन्छ भन्नेमा सरकार गम्भीर छ र त्यसैअनुसार एप्स ल्याइएको हो ।’     

सरकारले जनतालाई सार्वजनिक सेवा प्रदान गर्दा डिजिटलाइज्ड समाजको सिर्जना गर्ने उद्देश्यले सरकारले डिजिटल नेपाल कार्यक्रम सुरु गरेको र त्यसैको एक महत्त्वपूर्ण कार्यक्रम नागरिक एप्समार्फत सार्वजनिक सेवा प्रदान गर्न लागिएको हो । सुशासन, समृद्ध र विकासको नाराका साथ डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रमअन्तर्गत यसले कार्यक्रम गर्नेछ । उक्त कार्यक्रम सरकारको स्मार्ट नागरिक बनाउने उद्देश्यले निर्देशित रहेको सचिव बस्यालको भनाइ थियो ।     

प्रकाशित मिति: १८:३४ बजे, शुक्रबार, माघ २, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्