Kathmandu Press

संसद् विघटनविरुद्धका रिटमाथि आइतबारदेखि संवैधानिक इजलासमा बहस

संसद् विघटनविरुद्ध परेका रिटमाथि आइतबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा नियमित सुनुवाइ हुने भएको छ ।
संसद् विघटनविरुद्धका रिटमाथि आइतबारदेखि संवैधानिक इजलासमा बहस
Hardik ivfHardik ivf

काठमाडौं–   संसद् विघटनविरुद्ध परेका रिटमाथि आइतबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा नियमित सुनुवाइ हुने भएको छ ।

सांसद देव गुरुङसमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा तथा न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासले यस्तो आदेश दिएको हो ।

सांसद गुरुङसहितले ‘संवैधानिक इजलासको क्षेत्राधिकारभित्रको नभएकाले बृहत पूर्ण इजलासबाट सुनुवाइ गरी पाउँ’ भन्दै रिट निवेदन दिएका थिए ।

संवैधानिक इजलासले ‘प्रस्तुत रिट निवेदनमा संविधानको धारा १३७ ९३० बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न भएको देखिएकाले निवेदकको मागबमोजिम गर्नु परेन । कानुनबमोजिम गर्नु’ भन्ने आदेश दिएको छ ।

‘प्रस्तुत रिट निवेदनहरू ४ माघमा हेर्दाहेर्दैको पेशी तोकी नियमानुसार गर्नु,’ आदेशमा भनिएको छ । रिट निवेदनलाई नियमित सुनुवाइमा लगिएपछि केही दिनभित्रै संसद् विघटनको प्रश्न निरुपण हुने आशा विज्ञहरूको छ ।

प्रकाशित मिति: १७:२२ बजे, शुक्रबार, माघ २, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्