Kathmandu Press

जो बाइडेनले  सार्वजनिक गरे १९ खर्ब अमेरिकी डलरकाे राहत बजेट

बाइडेनले कोरोना महामारीबाट धराशायी बनेको अर्थतन्त्र सुधार्न १९ खर्ब अमेरिकी डलरबराबरको राहत बजेट सार्वजनिक गरेका हुन् । 
जो बाइडेनले  सार्वजनिक गरे १९ खर्ब अमेरिकी डलरकाे राहत बजेट

काठमाडौं–  नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना महामारीबाट धराशायी बनेको अर्थतन्त्रलाई सुधारेर पुरानै लयमा ल्याउन राहत बजेट सार्वजनिक गरेका छन् । बाइडेनले कोरोना महामारीबाट धराशायी बनेको अर्थतन्त्र सुधार्न १९ खर्ब अमेरिकी डलरबराबरको राहत बजेट सार्वजनिक गरेका हुन् । 

बाइडेनको सो बजेट  पारित भए  अमेरिकाको अर्थतन्त्र सुध्रर्न अपेक्षा गरिएको छ । त्यस्तै,  प्रत्येक अमेरिकी नागरिकले १४ सय अमेरिकी डलर प्रत्यक्ष सहयोग पाउनेछ । प्रस्तावित बजेटमध्ये ४ खर्ब १५ अर्ब अमेरिकी डलर कोरोना महामारीसँग लड्न खर्च गरिने बताइएको छ ।

प्रकाशित मिति: १४:३६ बजे, शुक्रबार, माघ २, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्