Kathmandu Press

भारत–अस्ट्रेलिया चौथो टेस्ट : लाबुसेनको शतकमा अस्ट्रेलिया बलियो, टनराजनको नाममा नयाँ कीर्तिमान

भारत–अस्ट्रेलिया चौथो टेस्ट : लाबुसेनको शतकमा अस्ट्रेलिया बलियो, टनराजनको नाममा नयाँ कीर्तिमान

काठमाडौं, माघ २ : भारत र अस्ट्रेलियाबीचको टेस्ट सिरिजनको निर्णायक चौथो टेस्ट आजबाट ब्रिस्बनमा सुरु भएको छ। मार्नस लाबुसेनले सानदार रुपमा शतक प्रहार गरेपछि पहिलो घरेलु टोली अस्ट्रेलिया बलियो देखिएको छ।

पहिलो दिनको समाप्तिमा अस्ट्रेलियाले पाँच विकेटको क्षतिमा दुई सय ७५ रन बनाएको छ। ओपनरद्वय डेविड वार्नर र मार्कस ह्यारिस चाँडै पभेलियन फर्किएपछि दबाबएमा आएको अस्ट्रेलियाको इनिङ सम्हाल्दै लाबुसेनले १०८ रनको उत्कृष्ट पारी खेले। उनले २०४ बल खेल्दै नौ चौका प्रहार गरे।

थंगरसु नटराजनको बलमा विकेटकिपर ऋषव पन्तद्वारा क्याच आउट हुनुअघि लाबुसेनले तेस्रो विकेटका लागि स्टिभ स्मिथसँग ७० र म्याथु वाडेसँग ११३ रनको महत्वपूर्ण साझेदरी गरेका थिए। स्मिथले ३७ र वाडेले ४५ रनको योगदान दिए।

कप्तान टिम पेन ३८ र क्यामरुन ग्रीन २८ रन बनाएर क्रिजमा छन्। भारतका लागि टि नटराजनले २ विकेट लिए भने मोहम्मद सिराज र वासिङ्टन सुन्दरले समान एक विकेट लिए।

नटराजनको नाममा नयाँ कीर्तिमान

अस्ट्रेलियाविरुद्धको चौथो टेस्ट खेल्दै टेस्ट क्रिकेटमा डेब्यू गरिरहेका देब्रेहाते फास्ट बलर नटराजनले नयाँ कीर्तिमान बनाए। ब्रिस्बन टेस्टमा डेब्यू गरेसँगै नटराजन एउटै टुरमा अन्तर्राष्ट्रिय क्रिकेटका तीनै फम्र्याटमा डेब्यू गर्ने पहिलो खेलाडी बनेका छन्। उनले ४४ दिनमा  क्रिकेटका तीनै फम्र्याटमा डेब्यू गरेका हुन्।

१३औं संस्करणको आईपिएलमा उत्कृष्ट प्रदर्शन गरेपछि नटराजनले पहिलो पटक भारतीय टिममा स्थान बनाएका थिए। डिसेम्बर २ मा क्यानबेरामा भएको अस्ट्रेलिविरुद्धको तेस्रो एकदिवसीय खेल मार्फत नटराजनले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। डिसेम्बर ४ मा क्यानबेरामै उनले टि–२० क्रिकेटमा पनि डेब्यू गरे।

सुरुआती तीन टेस्टमा भारतीय टिममा पर्न अफसल भएका नटराजन चौथो टेस्टमा भने प्लेइङ सेटमा परे। तेस्रो टेस्टका क्रमा जस्प्रित बुमराह घाइते भएपछि नटराजनले टेस्ट डेब्यूका मौका पाएका हुन्।

नटराजनले डेब्यू टेस्टलाई स्मरणीय बनाएका छन्। क्रिजमा जमिरहेका लाबुसेन र वाडेको विकेट लिँदै उनले डेब्यूलाई सानदार बनाएका हुन्।

नटराजनको आगमनसँगै भारतले ७ वर्षपछि देब्रेहाते फास्टबलर र नयाँ खेलाडी भने १० वर्षपछि पाएको छ। देब्रोहाते फास्टबलरका रुपमा जाहिर खनले सन् २०१४मा न्युजिल्यान्डविरुद्ध खेलेका थिए। नयाँ देब्रेहाते फास्टलका रुपमा जयदेव उनकडले सन् २०१०मा भारतीय टिममा डेब्यू गरेका थिए।

टनराजनसँगै स्पिनर वाङ्टिन सुन्दरले पनि टेस्ट टिमका डेब्यू गरेका छन्। उनले घाइते रविचन्द्रन आविश्वनको स्थानमा डेब्यूको मौका पाएका हुन्।

टनराजन र सुन्दरको डेब्यूसँगै अस्ट्रेलिया भ्रमणमा ६ भारतीय खेलाडीले अन्तर्राष्ट्रिष्य क्रिकेटमा डेब्यू गरेका छन्। अस्ट्रेलिया भ्रमणमा टनराजन र सुन्दरसँगै सुभमन गिल, नवदीप सैनी, मोहम्मद सिराजले डेब्यू गरेका थिए।

घाइते भए सैनी

अस्ट्रेलिया भ्रणममा भारतीय टिममा घाइते खेलाडीको सूची लामै छ। त्यो लिस्टमा फास्ट बलर नवदीप सैनी पनि थपिएका छन्।
३६औं ओभरमा बलिङका क्रममा ग्रोइन इन्जुरी भएपछि सैनीले मैदान छाडेका थिए। उनको ओभर रोहित शर्माले पुरा गरेका थिए।

अस्ट्रेलिया भ्रमणमा घाइते हुने सैनी १०औं खेलाडी हुन्। सैनीभन्दा अगाडि हनुमान बिहारी, रविचन्द्रन आविश्वन, रविन्द्र जडेजा, जस्प्रित बुमरामह, मोहम्मद सामी, उमेश यादव, केएल राहुल, ऋषव पन्त र मयंक अग्रवाल पनि घाइते भएका थिए। यीमध्ये अग्रवाल र पन्तले चौथो टेस्ट खेलिरहेका छन्।  

प्रकाशित मिति: १४:२६ बजे, शुक्रबार, माघ २, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्