Kathmandu Press

निफ्राकाे आइपिओ आजबाट खुला

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को साधारण सेयर (आइपिओ) आजबाट खुला गरिएको छ । निफ्राले सर्वसाधारणका लागि प्रतिसेयर एक सय रुपैयाँका दरले ८ अर्ब रुपैयाँको आइपिओ खुला गरेको हो ।
निफ्राकाे आइपिओ आजबाट खुला

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को साधारण सेयर (आइपिओ) आजबाट खुला गरिएको छ । निफ्राले सर्वसाधारणका लागि प्रतिसेयर एक सय रुपैयाँका दरले ८ अर्ब रुपैयाँको आइपिओ खुला गरेको हो । नेपाली सेयर बजारमा निफ्राकाे आइपिओ नै हालसम्मकाे ठुलाे आइपिओ हाे ।

निष्कासित कुल आइपिओमध्ये ०.२० प्रतिशत कर्मचारी र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । सर्वसाधारणले ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

निफ्राको आइपिओमा आजदेखि माघ ६ गतेसम्म आवेदन दिन पाइनेछ । माघ ६ सम्म निष्कासित सबै आइपिओ माग नभएमा माघ १६ गतेसम्म आवेदन दिन पाइनेछ । पछिल्लो समय डिम्याट खाता खोल्नेको संख्या बढ्दै गएकाले  माघ ६ भित्रैमा निष्कासित आइपिओका लागि आवेदन पर्ने देखिन्छ ।

प्रकाशित मिति: १२:२६ बजे, शुक्रबार, माघ २, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्