Kathmandu Press

दिल्लीमा अर्को हप्तादेखि विद्यालय खुल्ने

काठमाडौं, माघ १ : भारतको दिल्लीमा आउँदो हप्तादेखि विद्यालय खुल्ने भएको छ  । त्यहाँको सरकारले  अर्को हप्तादेखि विद्यालयमा अध्ययन अध्यापन सुरु गराउने निर्णय...
दिल्लीमा अर्को हप्तादेखि विद्यालय खुल्ने

काठमाडौं, माघ १ : भारतको दिल्लीमा आउँदो हप्तादेखि विद्यालय खुल्ने भएको छ  । त्यहाँको सरकारले  अर्को हप्तादेखि विद्यालयमा अध्ययन अध्यापन सुरु गराउने निर्णय गरेको हो ।

भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा बोर्ड परीक्षालाई मध्यनजर गर्दै विद्यालयहरू खोल्ने निर्णय गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  अहिले कक्षा १० र १२ को मात्रै पढाइ गर्ने निर्णय भएको छ । अन्य कक्षाको बारेमा केही जानकारी दिइएको छैन ।

विद्यार्थीलाई विद्यालय पठाउने वा नपठाउने बारेमा अभिभावकले नै निर्णय गर्न पाउने र विद्यालय पठाउनै पर्ने अनिवार्य नगरिएको पनि अधिकारीहरूले बताएका छन् । विद्यालय आएका र नआएका विद्यार्थीहरूका बीचमा विद्यालयले कुनै भेदभाव नगर्ने पनि सरकारी अधिकारीहरूले बताएका छन् ।

उनीहरुका अनुसार आउँदो  १८ तारिख अर्थात आउँदो सोमबारदेखि विद्यालय खुलाउने तयारी छ । दिल्लीका विद्यालयमा सन् २०२० को मार्चदेखि पठनपाठन ठप्प छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि बन्द गरिएका विद्यालयहरू अहिले वार्षिक परीक्षालाई मध्यनजर गर्दै खोल्न लागिएको हो ।

प्रकाशित मिति: ०७:०९ बजे, बिहीबार, माघ १, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्