Kathmandu Press

प्रदेश १ लाई बालमैत्री प्रदेश बनाउने तयारी

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई बालमैत्री प्रदेश घोषणा गर्ने बताएका छन् ।
प्रदेश १ लाई बालमैत्री प्रदेश बनाउने तयारी
Hardik ivfHardik ivf

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई बालमैत्री प्रदेश घोषणा गर्ने बताएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बालअधिकार परिषद् ललितपुरद्वारा  आयोजित बालअधिकारको सुनिश्चितका लागि प्रदेशस्तरीय  छलफलमा उनले आवश्यक कानुन एवं प्रभावकारी कार्यक्रम तर्जुमा गरी प्रदेशलाई बालमैत्री बनाउने बताएका हुन् ।

‘नेपालको संविधान २०७२ को धारा, ३९ अनुरुप बाल अधिकारलाई मौलिक अधिकारका रुपमा स्वीकार गरिएको छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय रुपमा बालअधिकारको आह्वानलाई आत्मसात् गर्दै बालबालिकाकाविरुद्ध सबै प्रकारका फौजदारी र दण्डसजायलाई कानूनी रुपमा बन्द गर्ने घोषणा गर्ने नेपाल ५४औँ मुलुक हो ।”     

उनले प्रदेश नं १ लाई स्वच्छ र सुखी तथा सम्मुनत प्रदेशका रुपमा यसको सर्वाङ्गीण विकास र बालबालिकाको अधिकारको संरक्षण गरी उनीहरुको समुचित विकासका लागि आवश्यक योजना, नीति तथा कार्यक्रमलाई आगाडि सारेको चर्चा गरे ।

प्रकाशित मिति: १७:३२ बजे, मंगलबार, पुस २८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्