प्रधानमन्त्री कपका लागि कर्णाली प्रदेशको १४ सदस्यीय टिम घाेषणा
प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशले १४ सदस्यीय टिम घोषणा गरेको छ । माघ पहिलो साताबाट सुरु हुने प्रतियोगिताका लागि कर्णाली प्रदेशले रवीन्द्रजंग शाहीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो ।प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशले १४ सदस्यीय टिम घोषणा गरेको छ । माघ पहिलो साताबाट सुरु हुने प्रतियोगिताका लागि कर्णाली प्रदेशले रवीन्द्रजंग शाहीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो ।
मंगलबार घोषणा गरिएको टिममा रवीन्द्रसहित दिवान पुन, दिनेश अधिकारी, राजकुमार शाह, हेमन्त ओली, अनुज चुनार, रूपक दाहाल र निश्चल रावल रहेका छन् । यस्तै, हिमांशु शाही, युनिशविक्रम सिंह, ललित प्याकुरेल, ताराप्रसाद गिरी र अभिषेक बम ठकुरीले पनि प्रधानमन्त्री कपका लागि स्थान पाएका छन् ।
टिमको प्रशिक्षकमा पौल फरेर रहेका छन् भने टिम म्यानेजरका रुपमा भुवन कोइराला छन् । ५ दिन नेपालगञ्जमा तयारी गरेपछि कर्णाली प्रदेश टिम प्रतियोगिताका लागि काठमाडौं आउने बताइएको छ । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघ २ गतेबाट कीर्तिपुरस्थित टियू क्रिकेट मैदान र मूलपानीस्थित मूलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा प्रदेशका ७ र तीन विभागीय गरी कुल १० टिमको सहभागी हुनेछन् ।
समूह ‘ए’मा रहेको कर्णाली प्रदेशमा विभागीय टिमहरु त्रिभुवन आर्मी क्लब र एपीएफसँगै गण्डकी र प्रदेश १ रहेका छन् । यस्तै समूह ‘बी’मा नेपाल पुलिस क्लब, बाग्मती, लुम्बिनी, सुदूरपश्चिम र प्रदेश २ रहेका छन् ।
प्रत्येक समूहका विजेता र उपविजेता टिम सेमिफाइलनमा प्रवेश गर्नेछन् । त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच टियू मैदानमा हुने खेलसँगै प्रतियोगिता सुरु हुनेछ ।