Kathmandu Press

प्रिमियम इन्स्याेरेन्सको नगद लाभांश घोषणा

‘आव २०७६/७७ को वितरण योग्य मुनाफाबाट महानुभावहरुलाई चुक्ता सेयर पुँजीमा ११.५ प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको बेहोरा जानकारी गराउँदछौँ,’ सार्वजनिक सूचनामा उल्लेख छ ।
प्रिमियम इन्स्याेरेन्सको नगद लाभांश घोषणा
Hardik ivfHardik ivf

काठमाडौं– प्रिमियर इन्स्याेरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रमियिरको सञ्चालक समितिको २९०औं बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ११.५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

‘आव २०७६/७७ को वितरण योग्य मुनाफाबाट महानुभावहरुलाई चुक्ता सेयर पुँजीमा ११.५ प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको बेहोरा जानकारी गराउँदछौँ,’ सार्वजनिक सूचनामा उल्लेख छ ।

सेयरधनीले प्रस्तावित लाभांश बिमा समिति र साधारण सभाबाट स्वीकृत भएपश्चात प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: १२:१९ बजे, मंगलबार, पुस २८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्