Kathmandu Press

नेप्से परिसूचकले लगातार चाैथाेपटक बनायो अल टाइम हाईको रेकर्ड

नेप्से परिसूचकले  गत बुधबारदेखि लगातार चौथो दिनसम्म नयाँ रेकर्ड बनाएको छ । नेप्सेले गत बुधबार २१७८.५७, बिहीबार २१९४.४९, आइतबार २२३५.७२ र आज २२३९.४२  गरी लगातार चार कारोबारमा हालसम्मकै उच्च बिन्दुको नयाँ रेकर्ड बनाएको हो ।
नेप्से परिसूचकले लगातार चाैथाेपटक बनायो अल टाइम हाईको रेकर्ड
Hardik ivfHardik ivf

काठमाडौं– नेप्से परिसूचकले  गत बुधबारदेखि लगातार चौथो दिनसम्म नयाँ रेकर्ड बनाएको छ । नेप्सेले गत बुधबार २१७८.५७, बिहीबार २१९४.४९, आइतबार २२३५.७२ र आज २२३९.४२  गरी लगातार चार कारोबारमा हालसम्मकै उच्च बिन्दुको नयाँ रेकर्ड बनाएको हो ।

आज नेप्से परिसूचक ३.७ अंकले बढेर २२३९.४२ अंकमा बन्द भएको छ । बैंकिङ, विकास बैंक, हाइड्रो पावर, फाइनान्स र निर्जीवन बिमा उपसूचक बढेका छन् । आइतबारको तुलनामा आज कारोबार रकम भने घटेको छ ।  नेप्सेका अनुसार ५ अर्ब ५२ करोड ४८ लाख ३२ हजार ९९३ रुपैयाँ बराबरको कारोबार भएको छ । आरम्भ चौतारी, नारायणी डेभलपमेन्ट, युनाइटेड फाइनान्सलगायतको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

 

प्रकाशित मिति: १५:२६ बजे, सोमबार, पुस २७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्