Kathmandu Press

बफेटको सफलताको ‘रहस्य’ : एक वित्तीय लेखकको खुलासा 

काठमाडौं, पुस १७ : पृथ्वीकै धनीहरू मध्येका वारेन बफेटको लगानी निर्णय रविश्लेषण कलालाई आत्मसात गर्नेहरूको बजारमा भीड छ। उनको सफलताको एक अंश मात्रै...
बफेटको सफलताको ‘रहस्य’ : एक वित्तीय लेखकको खुलासा 
Hardik ivfHardik ivf

काठमाडौं, पुस १७ : पृथ्वीकै धनीहरू मध्येका वारेन बफेटको लगानी निर्णय रविश्लेषण कलालाई आत्मसात गर्नेहरूको बजारमा भीड छ। उनको सफलताको एक अंश मात्रै साकार गर्ने चाहमा अनेकौँ प्रयत्नशील छन्। बफेटको सफलता देखेर मोहित हुनेहरू उनकै नक्कल गर्छन तर सफलताको रहस्य भने पहिल्याउनै सक्दैनन्। बफेटको अथाह सम्पत्तिको यस्तै गोपनियता बारे मोर्गन हाउसेललेआफ्नो नयाँ पुस्तक द साइकोलोजी अफ मनी मा उजागर गरेका छन्।

बफेट सबैभन्दा ठूलो लगानीकर्ता नभएपनि लगानी अवधी र धैर्य उनको ठूलो हतियार हो भन्ने खुलाशा मोर्गनको छ। अरबपति बन्नुएक ठूलो उपलब्धी भएपनि चक्रवृद्धि (कम्पाउन्ड ग्रोथ) र प्रतिक्षा शक्ति लगानीकर्ताको धन सिर्जना गर्ने प्रमुख कारण हो भन्ने भनाइ उनले राखेका छन्। बफेटको सीपले लगानी गरिरहेको छ तर उनको सफलताको रहस्य समय हो भन्ने खुलाशा मोर्गनको नयाँ पुस्तकले गरेको छ।

१० वर्षको उमेरदेखी लगानी सुरू गर्ने वारेन बफेट संसारकै कुशल लगानीकर्ता हुन्। बफेटले आफ्नो वित्तीय सफलताको पर्खाल यौवनकालमै ठड्याइसकेका थिए। उनले यसलाई झन दिर्घता दिए आफ्नो जीवनको उत्तरार्द्धमा।लगानीकर्ताहरूको सफलता बारेअनुसन्धान गरेका मोर्गन हाउसेललेयसको महत्वपूर्ण कारकबारे विषेश अवधारण आफ्नो नयाँ पुस्तकद्वारा खुलाएका छन्। उनका अनुसार लगानीक्षेत्रका महारथीहरूको लागिअत्यन्त सुलभ वस्तु समय नैधन वृद्धिको प्रमुख कारक हो भनेका छन्।

धेरै वर्षअघि बफेट आफैले यो भनाइलाई टोनी रबिन्स सँगको अन्तरवार्तामा स्वीकारेका थिए। रबिन्सको प्रश्नमा बफेटले आफू धनी हुनुमा अमेरिका बस्ने सुअवसर, राम्रो आनुवंशीय लक्षणले गर्दा मिलेको दिर्घायु र चक्रवृद्धि व्याजनै तिन कारणहरू भनेका थिए। 

समय नै चक्रवृद्धिको मार्गरेखा

मोर्गन भन्छन्, ‘बफेटको लगानी यात्रा ८ दशक पुरानो हो।’ उनले यस कामको थालनी धेरै अघि शुरू गरे रउनको उमेरले पनि निश्चितै लामो साथ दिइरहेको छ। लगानीको कुनै पनि स्तरमा समयको प्रभाव अथवा चक्र वृद्धि निकै मूल्यवान हुने मोर्गन बताउँछन्। मोर्गनका अनुसार यो अवधारणा यति रहस्यमय छैन जति यो मायावी छ।

मोर्गन आफ्नो पुस्तकमा लेख्छन्‌, ‘धनको सानो वृद्धिले नै भविष्यको वृद्धिलाई ईन्धन दिन्छ। एक सानो सुरूवात नै असाधारण परिणामको आधार बन्नसक्छ।’ यस परिणामलाई पहिल्याउने तर्कहरू आफै परास्त हुने कुरा उनी अघि सार्छन्। साथैवृद्धिको सम्भाव्यता, धनको विकास सम्बन्धी कारण एवं अन्त्य परिणामको आकंलन गर्न मुश्किल हुने मोर्गन बताउँछन्। 

एकमुष्ठ पैसालाई ३५ वर्षसम्म बढ्न दिँदा उल्लेखनीय परिणाम प्राप्त हुन्छ भन्ने कुरा तल देखाइएको चार्टलाई हेर्दा प्रष्ट बुझीन्छ। त्यस सुरूवाती लगानीमा समय अवधिसँगै लगानि थप्दा वृद्धिको रफ्तार झन बढ्नजान्छ। समयले लगानीको आर्थिक वृद्धिमा लगाएको छलाङ यहाँ देख्न सकिन्छ।

चक्रवृद्धि ब्याजले कसरी ५००० डलरदेखी वृद्धि सुरु गर्छ ? 

बफेटको धनस्तरबाट लगानी आरम्भ गर्दा ‘हास्यास्पद र अवास्तविक संख्यामा परिणाम आउनेछ,’हाउसेल लेख्छन्। यसप्रकारको समय र आर्थीक बढोत्तरीबारे भविष्यवाणी गर्न गाह्रो भएकोलेनै लगानीकर्ताहरू उच्चप्रतिफलको पछाडी लाग्छन् किनकी यो रणनीति बुझ्न सबैलाई सहज छ । उच्च प्रतिफलको आशा राख्नु एकराम्रो विचार भएपनि वास्तवमा त्यो निकै कठिन छ। कम समयमा उच्च प्रतिफलको सम्भावना नै सम्पति निर्माणको एकमात्र उपाय होइन भन्ने थप निश्कर्ष हाउसेलको पुस्तकबाट प्राप्त हुन्छ।  

बफेट पक्कैपनि संसारको लागि एक नमुना व्यक्तित्व हुन्। १० वर्षकै उमेरमा लगानी सुरू गर्ने पुर्व निर्णय र ९० वर्षसम्म यसलाई निरन्तरता दिन केवल कोहीमात्र सक्षम हुनसक्लान्। तथापी, अरबौँ डलरले मात्र जीवनको गुजारा सहज हुँदैन। समयको पर्खाइ एवं चक्रवृद्धिनै अधिक सम्पत्ति सिर्जना गर्नसक्ने आधारशिला हुन्। 

- बीजनेश इन साइडर डटकमबाट
 

प्रकाशित मिति: ०७:५३ बजे, शुक्रबार, पुस १७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्