Kathmandu Press

इजरायली सेनाको धरपकडबाट कसरी त्रसित छन्, प्यालेस्टिनी ?

काठमाडौं, पुस १५ : ६९ बर्षीय मुहम्मद असफुर कोठाभित्र सुत्न डराउँछन्। उनीजस्तै अन्य पनि इजरायली सिपाहीको धरपकडबाट यति त्रसित छन् की ती सिपाहीको...
इजरायली सेनाको धरपकडबाट कसरी त्रसित छन्, प्यालेस्टिनी ?

काठमाडौं, पुस १५ : ६९ बर्षीय मुहम्मद असफुर कोठाभित्र सुत्न डराउँछन्। उनीजस्तै अन्य पनि इजरायली सिपाहीको धरपकडबाट यति त्रसित छन् की ती सिपाहीको आक्रमणकारी आगमन पहिल्याउन बार्दलीमै बस्छन्।अन्य २ सय ६० प्यालेस्टिनी परिवार यस्तै मनोवैज्ञानिक सन्त्रासमा परेको एक अध्ययनले सार्वजनिक गरेको छ। 

प्यालेस्टिनी घरहरुमा हरेक महिना औसत २६७ पटक इजरायली सेनाको धरपकड भएको तथ्य सार्वजनिक भएको छ। आक्रमणको बेला घरभित्र विभिन्न हिंसात्मक गतिविधी समेत भएका छन्।इजरायली सेनाको धरपकडका कारण प्यालेस्टाइनको पश्चिम किनारा तर्फका नागरिक सबैभन्दा बढी प्रताडित रहेको खुलेको छ। 

१ सय ८९ जना प्यालेस्टिनी नागरिक र इजरायली सेनाका १५ अधिकारीहरुसँगको अन्तरवार्ताबाट यो रहस्योद्घाटन भएको हो। सिलवाड क्षेत्रका एक प्यालेस्टिनीले अनुसन्धानकर्तासँग आक्रमणका कारण आफूमा ठूलो मनोवैज्ञानिक प्रभाव परेको बताए। आक्रमणकोकारण आफ्नो घर शान्त र सुरक्षित ठाउँ हो भन्ने विचार पूर्णतया नष्ट भएको उनको गुनासो थियो। ९० प्रतिशत अध्ययन मध्यरात देखी बिहान ५ बजेको बिच गरिएको थियो। ६५ परिवारले उनीहरुको घरमा एकभन्दा बढी आक्रमण भएको भनाइ राखेका छन्।

अज्ञात हमलाह 

आक्रमणमा परेका एक चौथाइ घरका ढोकाहरु तोडफोड गरिएको थियो। यस्ता आक्रमणहरुको औसत अवधि झण्डै ८० मिनेट रहेको छ। ७५ प्रतिशत घरहरूमा सैन्य कारबाही हुँदा १० वा ज्यादा सैनिकहरूको सहभागीता रहेको अध्ययनमा देखिन्छ। कुनैबेला एक घरमा ३० जना सम्मले आक्रमण गरेको पनि फेला परेको छ। इजरायली सैनिकहरुले सैन्य कारबाही गर्दा कुनै पनि अनुमति पत्र देखाउँदैनन्। इजरायलको सैन्य कानुनले सिपाहीहरुलाई त्यसो गर्न बन्देज लगाएपनि सेनाहरुले प्यालेस्टिनी माथि धरपकडका गतिविधि  जारी राखेका छन्। 

अध्ययनमा सहभागी एक तिहाई पिडितहरूको बयान अनुसार सैनिकहरुले टाउको वा शरीरमा बन्दुक तेर्स्याउँदै आतंकित बनाएका थिए। धरपकडपछि एक महिनाको अवधिमा औसत २८८ जना गिरफ्तारीमा परेका छन्।  यसको मतलब हफ्तैपिछे करिब ५५ जना प्लालेस्टिनी इजरायली सेनाको नियन्त्रणमा हुन्छन्। 

आक्रमणका दर्दनाक घटनाहरू

पिडितको घरमा भएका जबर्जस्ती घुसपैठका कारणयो घटनालाई अन्तराष्ट्रिय समुदायले दर्दनाक दृष्टिले हेरेको छ। यस्ता घटनाक्रमले प्यालेस्टिनीहरूको व्यक्तिगत जीवनमाथीको स्वतन्त्रता  गुमेको देखिएको अध्ययनको निष्कर्ष छ। यस्ता घटनाले प्यालेस्टिनीहरुमा मानसिक समस्या उत्पन्न भएका छन्। प्यालेस्टाइनको सिन्जिलका ६९ बर्षीय मुहम्मद असफुर भन्छन्, कुनैपनि बेला सैनिकहरू मेरो ओछ्यानमै पुग्नसक्ने खतरा महसुस गर्छु। उनी आफ्नो पत्नी र ५ छोराछोरीहरूसँग बस्छन्।  बालबालिकाहरुसमेत राम्रोसँग निदाउन नपाएको गुनासो पोख्छन्। 

इजरायली सैनिकको रिपोर्ट अनुसार छापा हान्नका लागि घरको छनौट अकस्मात वा  अनियमित तरीकाले हुनेगर्छ ।  इजरायली एक लेफ्टिनेन्टले प्यालेस्टाइनस्थित‌हेब्रोनको कुनैपनि ठाउँमा पुग्नसक्ने, चाहेको चीज खोज्नसक्ने र त्यस्तैपरे घरहरू ध्वस्त पारिदिनसक्ने क्षमताराख्ने दावी गरेका छन्। 

संयुक्त राष्ट्र महासभाले अपनाएको नागरिक तथा राजनैतिक अधिकार सम्बन्धी अन्तराष्ट्रिय  सन्धिले राज्यले गर्ने गोपनियताको अधिकार हनन र मनमानी हस्तक्षेपलाई निषेध गर्दछ। 

यसमा भनिएको छ, कसैलाई पनि उसको गोपनीयता, परिवार, घर वा पत्राचारमा गैरकानूनी हस्तक्षेप गर्नदिइने छैन न उनीहरूको सम्मान र प्रतिष्ठामा गैरकानूनी आक्रमण गर्न दिइने छ। इजरायलले यस्ता हस्तक्षेप एवं अन्तराष्ट्रिय कानुनी उल्लंघनलाई कम गर्ने कुनैपनि लक्षण भने देखाएको छैन।

- टिआरटि वल्ड डटकमबाट
 

प्रकाशित मिति: ०७:३६ बजे, बुधबार, पुस १५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्