Kathmandu Press

कारोबार रकमले साथ नदिँदा बजार प्राविधिक रूपमा कस्तो देखियो?

यो साता नेप्से परिसूचक ९१ दशमलव ४२ अंंकले घटेको छ। नेप्से परिसूचक अघिल्लो साताको अन्तिम कारोबार दिन २०५५ दशमलव ४५ को विन्दुमा बन्द भएकोमा यो सातासम्म आउँदा नेप्से परिसूचक १९६४ दशमलव ०२ को विन्दुमा बन्द भएको छ।
कारोबार रकमले साथ नदिँदा बजार प्राविधिक रूपमा कस्तो देखियो?
सांकेतिक तस्वीर।
Hardik ivfHardik ivf

काठमाडौं, मंसिर २६ : यो साता नेप्से परिसूचक ९१ दशमलव ४२ अंंकले घटेको छ।

नेप्से परिसूचक अघिल्लो साताको अन्तिम कारोबार दिन २०५५ दशमलव ४५ को विन्दुमा बन्द भएकोमा यो सातासम्म आउँदा नेप्से परिसूचक १९६४ दशमलव ०२ को विन्दुमा बन्द भएको छ। यो साता पाँच दिन नै शेयर कारोबार भएको थियो।


 
अघिल्लो साता बजार बन्द भए पश्चात नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत शेयर धितो कर्जामा कडाइ गर्ने चर्चासँगै आइतबार शेयर बजार क्र्यास भएको थियो। आइतबार शेयर बजार ६ प्रतिशतले घट्दै ३ बजेअघि नै बजार बन्द भएको थियो। 

सोमबार ३ प्रतिशतले वृद्धि भएको बजार मंगलबार र बुधबार भने घटेको थियो। साताको अन्तिम कारोबार दिन सामान्य वृद्धि भएकोमा यो साता भने लगानीकर्ता निराश नै भएको अवस्था छ। बजार पूँजीकरण २६ खर्ब ३३ अर्ब रहेको छ। बजार पूँजीकरण अघिल्लो साता भन्दा करिव ४ दशमलव ४३ प्रतिशतले कम हो। यसको अर्थ यो साता लगानीकर्ताको सम्पति करिब १ खर्ब २२ अर्बले गुमेको छ। 


 
कारोबार रकम भने निरन्तर घट्दो छ। आइतबार ७ अर्ब २१ करोड कारोबार भएकोमा कारोबार रकम निरन्तर घट्दै ४ अर्ब १५ करोडमा सीमित भएको छ। 

उपसूचकबारे कुरा गर्दा यो साता हाइड्रोपावर उपसूचकमा मात्र वृद्धि देखिएको छ। हाइड्रोपावर उपसूचकमा २ दशमलव ४४ प्रतिशतको वृद्धि देखिएकोमा अन्य सबै उपसूचकमा गिरावट आएको छ। अघिल्लो साता हाइड्रोपावर उपसूचक १७३१ को विन्दुमा बन्द भएकोमा यो साता १७७३ को विन्दुमा बन्द भएको छ।


  
ट्रेडिङ्ग उपसूचकमा यो साता ठूलो गिरावट आएको छ। ट्रेडिङ्ग उपसूचकमा अघिल्लो साताको तुलनामा ८ प्रतिशतको गिरावट आउँदा अन्य उपसूचकमा ७ दशमवल ५५ प्रतिशतको गिरावट आएको छ। 


प्राविधिक विश्लेषण 
खुल्ला विन्दुः २०५१.५१ । उच्च विन्दुः २०५१.५७ । न्यून विन्दुः १८९९.८३ । अन्तिम विन्दुः १९६४.०२

प्रतिरोध २ः २११७ । प्रतिरोध १ः २०५० । टेवा १ः १९०० । टेवा २ः १८८० 

चित्र नं १ : नेप्से साप्ताहिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा साप्ताहिक मैनबत्ती विश्लेषण अनुसार बजारले ११०० को क्षेत्रमा बलियो टेवा प्राप्त गरी हाल बजार बढ्दो प्रवृत्तिमा रहेको देखिन्छ। विगत एक वर्षको बजार प्रवृतिको माथिल्लो र तल्लो विन्दुहरु बढ्दो क्रममा रहेकाले यसलाई प्राविधिक रुपमा हालसम्म बजार सकारात्मक रहेको मानिन्छ। यसले शेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश र पुराना लगानीकर्ताले थप लगानी गरेको बुझिन्छ।

चित्र नं २ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

 
चित्र नं.२ मा, दैनिक मैनबत्ती प्रवृत्ति देखाइएको छ। यसले ६ कारोबार दिनअघि “इन्ट्रा डे” को आधारमा हालसम्मकै उच्च विन्दु २११८ बनाउन सफल भएको छ। त्यसपछि बजार सच्चिए पनि बजार घट्दो प्रवृत्तिमा रहेको देखिँदैन।  

चित्र नं ३ : नेप्से एक घण्टाको मैनबत्ती प्रवृत्ति

चित्र नं.३ मा, एक घण्टा मैनबत्ती प्रवृत्ति देखाइएको छ। यसको प्रवृत्तिले पछिल्लो समयमा क्रेताको चाप कमजोर हुँदै गएको र बजारमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको संकेत गरेको छ। समग्रमा हेर्दा बजारले गत हप्ता हालसम्मकै २११८ को उच्च विन्दुको कीर्तिमान राख्न सफल भए पनि बजार सच्चिएर १९०० को बलियो टेवा प्राप्त गरेपछि खरिदकर्ताको चाप केही कमजोर भएको संकेत गरेको छ। 

यदि बजार चित्र नं. ३ को माथिल्लो प्रवृत्ति रेखाभन्दा माथि स्थिर रहेमा बजार सकारात्मक हुन सक्ने प्रारम्भिक संकेत गर्दछ भने २११८ मुख्य प्रतिरोधको रुपमा रहने देखिन्छ। त्यस्तै, १८७५ देखि १९०० को क्षेत्र मुख्य टेवाको रुपमा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: २२:३५ बजे, शुक्रबार, मंसिर २६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्