Kathmandu Press

कोभिड-१९ खोप भारतमा निजी खरिदका लागि पनि उपलब्ध हुने

काठमाडौं, मंसिर २५ : अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा औषधी कम्पनी एस्ट्राजेनेकाले बनाएको कोरानाखोप आउँदो मार्चदेखी भारतमा खरीद गर्न पाइने संकेत देखिएको छ। यो खोप...
कोभिड-१९ खोप भारतमा निजी खरिदका लागि पनि उपलब्ध हुने

काठमाडौं, मंसिर २५ : अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा औषधी कम्पनी एस्ट्राजेनेकाले बनाएको कोरानाखोप आउँदो मार्चदेखी भारतमा खरीद गर्न पाइने संकेत देखिएको छ। यो खोप सबैभन्दा पहिले निजी खरिदका लागि बजारमा जाने तयारी भएको हो।

सेरम इंस्टीट्यूट अफ इंडियाले यसको उत्पादन अनुमति लिइसकेको छ । यो संसारकै सबैभन्दा ठूलो खोप निर्माता कम्पनी हो। यसले ४ करोड खोप निर्माण गरिसकेको छ । यसको आपुर्ति सर्वप्रथम भारत सरकारलाई गरिनेछ । त्यसपछी २ देखी ३ करोड खोपलाई नीजी क्षेत्रमा बिक्री गर्ने अपेक्षा रहेको सेरम इंस्टीट्यूट अफ इंडियाका कार्यकारी अध्यक्ष अदार पूनावालाले भने। 

 भारत सरकारले सन् २०२१ को जुलाई भन्दा पहिले ३ करोड खोपको आवश्यकता आंकलन गरेको छ। सबैको प्रश्न खोप कहिले पाउँछौँ भन्ने छ  म उनीहरुलाई मार्च या अप्रिल भित्र भन्दै जवाफ दिन्छु, पुनावालाले भने। संसारभर धेरै खोपको परीक्षण भइरहेका छन्। अर्को वर्षसम्म अरबौँ डोज उत्पादन हुने अपेक्षा गरिएको छ। रोगको जोखिमतालाई मध्यनजर गर्दै विभिन्न देशका सरकारले खरिद सम्झौतामा हस्ताक्षर गरिसकेका छन्। खोपको अन्तिम परीक्षण सम्पन्न गरेर उत्पादन हुने वित्तिकै आफ्नो मुलुकमा भित्र्याउन होडबाजीनै चलेको छ।

बेलायतमा गत बुधवार मात्रै फाइजर र बायोनटेक कम्पनिले बनाएको कोभिड १९ को खोपलाई त्यहाँको सरकारले पहिलो पटक अनुमति दियो। सरकारी खरिद प्रक्रियाबाट आएका खोपलाई निजी क्लिनिकमा बिक्री नगर्ने निर्णय पनि त्यहाँको राष्ट्रिय स्वास्थ्य सेवाले जानकारी गराएको छ।

निजी बजारमा मात्र खोपको उपलब्धताले असमानतालाई पश्रय दिन्छ र मानिसलाई सहजताबाट वञ्चित गर्ने काम गर्छ। यस्तो महामारीमा सार्वजनिक स्वास्थ्य उपलब्धताको आवश्यकता हुन्छ। यो भनाइ हो दक्षिण भारतका एनेपोया विश्वविध्यालयका स्वास्थ्य अनुसन्धानकर्ताको।

सेरम इंस्टीट्यूटले खोपलाई रु ६०० (६ डलर) को मुल्य तोक्दै निजी क्षेत्रमा बिक्री गर्ने निर्णयलिएकोछ। भारत सरकारलाई भने परोपकार स्वरुप ३ डलरको मुल्य तोकीएको हो, पुनावालाको भनाइ छ।

यस खोपको जरुरत सबैभन्दा बढी स्वास्थ्यकर्मी एवं वृद्धहरुलाई छ भन्ने विचार भारत सरकारको छ । खरिद प्रकृयामा ढिलाइको कारण खुलाउँदै भारत सरकारले खोप स्विकृत गर्ने भारतिय निकायको अन्तिम निर्णयलाई कुरिरहेको बताएको छ। बेलायतले एस्ट्राजेनेका खोपलाई इमर्जेन्स रूपलेप्रयोगमा ल्याएपछि मात्र भारतीय निकायले यसलाई अन्तिम फैसला दिने पुनावालाको धारणा छ।

यसैबिच एस्ट्राजेनेका कम्पनीले आफ्नो भनाइ सार्वजनिक गर्दै यस्तो अपेक्षा जाहेर गरेको छ, हामीसँग सहकार्यमा रहेका कम्पनी र भारतको सेरम इंस्टीट्यूटलाई भन्न चाहन्छौँ कि कुनै फाइदाको प्रत्यासा नराखी यस खोपको जरुरत अनुसार प्रवाह गराउन जोड दिँदै यस महामारीका बखत हाम्रो वाचाको सम्मान पुर्याउनुहोस्।
 

प्रकाशित मिति: १३:२८ बजे, बिहीबार, मंसिर २५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्