Kathmandu Press

सभा, जुलुस र प्रदर्शन नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुरोध

काठमाडौं, मंसिर १६ : कोरोना भाइरस संक्रमणको जोखिम अझै पनि रहिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको...
सभा, जुलुस र प्रदर्शन नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुरोध

काठमाडौं, मंसिर १६ : कोरोना भाइरस संक्रमणको जोखिम अझै पनि रहिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ।

पछल्लो समय काठमाडौं लगायत देशको विभिन्न सहरमा नेपालको झण्डा बोकेर विभिन्न प्रदर्शन हुने गरेको उल्लेख गर्दै प्रशासनले महामारी अझै रहेकोले भिडभाडजन्य गतिविधि नगर्न/नगराउन आग्रह गरेको हो। 

प्रशासनद्वारा आज जारी विज्ञप्तीमा भनिएको छ, ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनीतिक तथा अन्य भिडभाडजन्य गतिविधि जस्तै सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरू संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको साथै स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० को विपरीत हुने भएकोले त्यस्ता भिडभाडजन्य गतिविधिहरू नगर्न/नगराउन साथै महामारी रोकथाममा सहयोग पुर्‍याउनु हुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ।’ 

साथै, महामारीको समयमा प्रदर्शन गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने प्रशासनले चेतावनी दिएको छ।

प्रकाशित मिति: १८:४७ बजे, मंगलबार, मंसिर १६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्