Kathmandu Press

अस्पताल जाँदै गर्दा मोटरसाइकलबाट खसेर मृत्यु

विराटनगर, मंसिर १६ : उपचारका लागि अस्पताल जाँदै गर्दा मोटरसाइकलबाट खसेर विराटनगरमा एक बृद्धाको मृत्यु भएको छ।विराटनगर महानगरपालिका–१५ रामजानकी चोककी ६० वर्षीया मनकामना...
अस्पताल जाँदै गर्दा मोटरसाइकलबाट खसेर मृत्यु
Hardik ivfHardik ivf

विराटनगर, मंसिर १६ : उपचारका लागि अस्पताल जाँदै गर्दा मोटरसाइकलबाट खसेर विराटनगरमा एक बृद्धाको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका–१५ रामजानकी चोककी ६० वर्षीया मनकामना झाको छोराले चलाएको मोटरसाइकलबाट खसेर मृत्यु भएको हो। उनी सोमबार साँझ छोरा २२ वर्षीय छोरा राजन झाले चलाएको को १२ प ३५६ नम्बरको मोटरसाइकलमा बसेर अस्पताल जान लागेकी थिइन्।

न्युरो अस्पताल लग्दै गर्दा थामिन नसकेकी वृद्धा विराटनगर–९ बुद्ध चोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलबाट खसेर घाइते भएको प्रहरीले जनाएको छ। उनलाई तत्कालै न्युरो अस्पताल पुर्याए पनि अस्पतालले मृत घोषणा गरेको थियो।

राजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई हिरातमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: १७:०३ बजे, मंगलबार, मंसिर १६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्